१० श्रावण २०८१, बिहीबार

पद्मप्रभात प्रकाशन कोष स्थापना



धनगढी/ साहित्यकार पदमराज जोशी ‘प्रभात’ को ६१ औं जन्मदिनका अवसरमा पद्मप्रभात प्रकाशन कोष स्थापना गरिएको छ ।
साहित्यकार जोशीको जन्मदिनका अवसरमा शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा उनका भाई भाई नवराज जोशी, बसन्तराज जोशी र भतिजा एन के जोशी लगायत परिवारका सदस्यहरूद्वाराले १५ लाख रुपैयाँको पद्मप्रभात प्रकाशन कोष घोषणा गरियो ।
सो अवसरमा आगामी दिनमा कोषको रकम बृद्धि गर्दै प्रतिष्ठानका रुपमा परिणत गरिने जानकारी दिइयो ।
कोष परिचालनका लागि प्राध्यापक डिल्लीराज फुलाराको संयोजकत्वमा पाँच सदस्यीय परिचालन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा हरिलाल गिरी, सचिवमा नन्दकृष्ण जोशी, कोषाध्यक्षमा ज्ञानुराज जोशी र सदस्यमा सत्यराज जोशी रहेका छन् ।
कार्यक्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी, साहित्यकार यज्ञराज उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार