२० बैशाख २०८१, बिहीबार

“घुम्न जाऔं सुदूरपश्चिम” गीत लोकार्पण



अत्तरिया/ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि निर्माण गरिएको “घुम्न जाऔं सुदूरपश्चिम” गीतको लोकार्पण गरिएको छ । दार्चुलाका पत्रकार एवं गायक कृष्ण धामीले रचना गरेको सो गीतको आइतबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले लोकार्पण गरिन् ।
गीत लोकार्पण गर्र्दै मन्त्री भट्टले गीतले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बनाइएको गीतले सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटक भित्राउन टेवा पुग्ने बताइन् ।
गीतका सर्जक धामीले सुदूरपश्चिम प्रदेशका सबै नजौ जिल्लामा रहेको पर्यटकीय क्षेत्रलाई समेटेर गीत सिर्जना गरिएको बताए ।
सो गीतको शब्द र लय गायक धामीले नै सिर्जना गरेका छन् । गीतमा गायक धामी र पूर्णकला बिसीले स्वर दिएका छन् । गायक धामीले यसअघि पनि दुई वटा गीत बजारमा ल्याईसकेका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला वडाल जोशी तथा प्रदेश सभा सदस्यहरु पुर्णा जोशी, दुर्गा विक, देवकी मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार