१२ श्रावण २०८१, शनिबार

पुनः वर्षा र हिमपात




धनगढी/ पश्चिमी न्युन चापीय बायुको कारण नेपालका पश्चिम क्षेत्रमा फेरि वर्षा र हिमपात भएको छ
मंगलबार दिउँसो दिपालयमा ६.१, डडेल्धुरामा ६ र धनगढी एक मिलिटिर वर्षा भएको छ । सोमबार राति दिपायल र डडेल्धुरामा ६÷६ मिलिलिटर वर्षा भएको थियो भने धनगढीमा आधा मिलिलिटर वर्षा भएको जल तथा मौसम अनुमान महाशाखाले जनाएको छ ।
यसैगरी, मंगलबार विहानबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगमा पुनः हिमपात शुरु भएको महाशाखाको वेवसाइटमा उल्लेख छ ।
पश्चिमी न्युन चापीय वायुको प्रभाव कम हुदै गएको बेला पुनः सो वायुले प्रभाव जमाएको छ । महाशाखाले आउदो बिहीबारसम्म वर्षा र हिमपात जारी रहने जनाएको छ । त्यसपछि मौसममा केही सुधार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार