१० श्रावण २०८१, बिहीबार

सेती लोकमार्गका लागि सबैको सहयोग आवश्यक–मन्त्री भट्ट



सुखड/ संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सेती लोकमार्ग निर्माणका लागि आफू सधैं प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री भट्टले सेती लोकमार्ग निर्माणमा सबैको सहयोगका लागि आग्रह गरे ।
बौनियाँ बजार व्यवस्थापन समितिको आयोजनामा मंगलबारदेखि शुरु भएको बर्दगारिया सेती लोकमार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले कैलालीको ढुडेझारी औद्योगिक क्षेत्र, कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रक्रिया अघि बढिसकेको बताए ।
मन्त्री भट्टले धनगढी–गेटा औद्योगिक करिडोर व्यवस्थित बनाउन पनि बजेट विनियोजन गरिने बताए । उनले दोधराचा“दनी सुख्खा बन्दरगाह निर्माणका लागि भारत सरकारसँग सचिब स्तरीय छलफल भईरहेको बताए ।
महोत्सव माघ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार