१० श्रावण २०८१, बिहीबार

भेट्रान भलिवल प्रतियोगिता हुने




धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा वडा स्तरीय भेट्रान भलिवल प्रतियोगिता हुने भएको छ
सोमबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष दिपक थापाले प्रतियोगितामा उपमहानगरपालिकाका सबै वडाका टिमको सहभागिता रहने जानकारी दिए ।
उनले प्रतियोगिता विजेताले ४१ हजार तथा उपविजेताले २५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने बताए ।
प्रतियोगितामा सहभागी टीमका खेलाडीहरुको उमेर ३५ वर्ष पुरा भएको हुनुपर्ने नियम बनाईएको छ ।
पर्सी बिहीबारदेखि सुरु हुने प्रतियोगिता दुई दिनसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार