१० श्रावण २०८१, बिहीबार

पत्रकार पन्त पुरस्कृत



कञ्चनपुर/ कञ्चनपुरका पत्रकार लक्ष्मणदत्त पन्तले आर्थिक पत्रकारिता पुरस्कार पाएका छन् । उनलाई कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्षेत्रमा पु¥याएको योगदान वापत कञ्चनपुर आर्थिक पत्रकारिता पुरस्कार, २०७६ प्रदान गरेको हो ।
सोमबार संघको महेन्द्रनगरमा भएको ३० औँ वार्षिक साधारण सभामा पत्रकार पन्तलाई पाँच हजार एक सय रुपैयाँको पुरस्कार प्रदान गरियो ।
समारोहमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री झपटबहादुर बोहराले पत्रकार पन्तलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।
पुरस्कृत पत्रकार पन्तले पुरस्कारको पुरै रकम महाकाली बाल अञ्चल अनाथालयलाई प्रदान गरेका छन् ।
पत्रकार पन्त महेन्द्रनगरबाट प्रकासित हुने पश्चिम नेपाल दैनिकका सम्पादक प्रकाशक हुन् । उनी १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
कार्यक्रममा संघले नेपाल भलिबल संघका केन्द्रीय सचिव जगदिश प्रसाद भट्ट, केदार गुड उद्योग बेलडाँडीका सञ्चालक डम्बर शाह, मर्माली टे«र्डसका सञ्चालक धनबहादुर खत्री, यातायात व्यवसायी खिमानन्द कडेल र उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गणेश दत्त जोशीलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार