११ श्रावण २०८१, शुक्रबार

सामुदायिक बनका दुई पदाधिकारी घुस रकमसहित पक्राउ



धनगढी/ कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको सिद्धनाथ सामुदायिक बनका दुई पदाधिकारी घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयको एक टोलीले सोमबार दिउँसो एक लाख ६० हजार रुपैया घुस रकम सहित सो सामुदायिक वनका अध्यक्ष कुबेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई पक्राउ गरेको जनाइएको छ ।
अध्यक्ष थापा तथा कोषाध्यक्ष सिंहले सो सामुदायिक वनमा पर्ने कानीखोला पुल नजिकबाट अनुमति नलिएर माटो झिकेको भन्दै जेसिभी र ट्याक्टर नियन्त्रणमा लिएको बताइन्छ । उनीहरूले पछि जेसिभी र ट्याक्टर छोड्नका लागि एक लाख ६० हजार रुपैयाँ घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका प्रवक्ता टोपबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार