५ जेष्ठ २०८१, शनिबार

हिमपातले सडक अवरुद्ध हुँदा, जनजीवन प्रभावित बन्दै



बाजुरा, पुस २१ गते । पोरखेलेकमा परेको भारी हिमपात कारण बाटो बन्द हुँदा बाजुराको उत्तरी क्षेत्रको आवत जावतमा निकै समस्या भएको छ ।
बाजुराको बडिमालिका र बूढीनन्दा नगरपाकिालको बीचमा पर्ने पोरखे लेकमा करिब पाँच फिट बाक्लो हिउँ जमेर सडक बन्द भएपछि आवत जावतमा समस्या भएको हो ।
गत बिहिवार परेको भारी हिमपातका कारण सडकमा बाक्लो हिउँ जमेपछि पुर्णरुपमा बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाटो बन्द हुँदा कोल्टीबाट मार्तडी आउने र मार्तडीबाट कोल्टी जाने स्थानीयलाई समेत आवत जावत गर्न निकै समस्या भएको छ ।
मार्तडीबाट कोल्टीका लागि जाने सवारी साधान पनि बाटो बन्दका कारण ढम्कनेमै रोकिएका छन् भने कोल्टीबाट आउने सवारी साधन जीप ट्याक्टर पनि पाण्डुसैनको लाग्नासम्म मात्र आउने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धसिह भाटले बताए ।


बाजुराको तल्लो क्षेत्रका केही नगर तथा गाउँपालिकामा रहेको सडक सुरु भएपनि जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली जगनाथ स्वामिकार्तिक तथा बुढिनन्दा नगरपालिकामा जाने सडक भने पूर्णरुपमा बन्द भएका छन ।
हिमपातका कारण ग्रामिण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायी प्रेम नाथले बताए ।
सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जीप सञ्चालन हुन नसकेको यातायात व्यवसायी नाथको भनाइ छ ।
गत बुधवारबाट मौसममा बदलीभइ पुनः हिमपात शुरु भएपछि चिसोका कारण जिल्लाका पूर्विउत्तरी क्षेत्रका स्थानीयको जनजीवन निकै प्रभावित बनेको छ ।
पुसको पहिलो सातामा भएको हिमपातको चिसो सकिन नपाउदै बुधवार फेरि जिल्लाका विभिन्न ठाँउमा वर्षाद सँगै भारी हिमपात भएपछि बालबालिका,बुढापाखालाई निमोनिया तथा स्वासप्रश्वास सम्बन्धी समस्या भएको स्थानीय वयोवृद्ध कलम बुढाले बताए ।
हिमपातका कारण बाटो बन्द हुँदा मार्तडीदेखि कोल्टी सम्ममा आवत जावत गर्न समस्या भएको हिमाली गाउँपालिका स्थानीय जनसरी सार्कीले बताए ।
उनले भने केही दिन यता जिल्लामा परेको बाक्लो हिमपातले मार्तडीदेखि कोल्टी सडक खण्डमा अवरुद्ध पारेपछि बाजुराको उत्तरीे क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम मार्तडी आवत जावत गर्न निकै समस्या भएको छ ।
हिमपातका कारण पूर्विउत्तरी क्षेत्रमा पर्ने हिमाली , पाण्डुबगुफा , स्वामीकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई पैदल यात्रामा समेत आवत जावत गर्न समस्या भएको हो ।

मार्तडीदेखि कोल्टीसम्म आवत जावत हुँदै आएका यातायातका साधनहरु बाक्लो हिमपातका कारण सदरमुकाम मार्तडीमा नै रोकिँदा पूर्विउत्तरी क्षेत्रका स्थानीयहरुमा खाद्य सामाग्रीको सङ्कट पर्न सक्ने सम्भावना देखिएको छ ।
टेलिफोन सेवा चल्यो
गत बिहिवारबाट विहीन भएको सञ्चार आइतबारबाट बल्ल फेरि सञ्चालन भएको छ ।
आज दिउँदो १२ बजेबाट डडेल्धुराको अप्टिकल टावरमा भएको खरावीमा सुधार भएपछि इन्टरनेट तथा टेलिफोन सेवा सुचारु भएको दुरसञ्चार शाखा बाजुराले जनाएको छ ।
जिल्लाका नौ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्रमा बिहिवारबाट र तल्लो क्षेत्रका पाँच वटा नगर तथा गाउँपालिकामा बिहिवारबाट इन्टरनेट तथा टेलिफोन सेवा आइतबार दिउँदो १२ बजेबाट फेरि चलेको भएको जिल्ला दूरसञ्चार बाजुराका गङ्गाराज जोशीले बताए ।
केही दिन यता नेपाल टेलिकमले प्रवाह गरेका सबै सेवाहरु अवरुद्ध भएपछि जिल्लाका नौ वटै स्थानीय तहका सरकारी तथा गैरसारकारी कार्यालयमा हुने दैनिक काम काजमा समेत प्रभाव परेको थियो ।
जैशीका अनुसार डडेलधुराको भातकाँडामा रहेको अप्टिकल टावरमा खरावी आउदा पहाडी जिल्लाका टेलिफोन सेवामा समस्या आएको थियो ।
गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार