१ माघ २०८१, मंगलवार

प्राइभेट अस्पताल संघ गठन



धनगढी/ प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी चयन भएका छन् ।
संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्रवीर चन्दको अध्यक्षता शुक्रबार धनगढीमा भएको अधिवेशनमा प्रदेशका १७ वटा प्राइभेट अस्पतालका प्रतिनिधिको सहभागिता रहेको थियो ।
समितिको उपाध्यक्षमा चोपरा अस्पताल डोटीका हिक्मत सिंह चोपरा, कोषाध्यक्षमा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउद र सचिवमा सीपी अस्पताल धनगढीका निर्देशक रमेश पाण्डेय चयन भएका छन् ।
त्यस्तै, सदस्यमा आशा अस्पताल धनगढीका भुपेन्द्र चौधरी, घोडाघोडी अस्पताल सुख्खडका विष्णु सापकोटा, निसर्ग अस्पताल धनगढीका तिर्थराज पन्त, नोभा अस्पताल धनगढीका लोकराज भट्ट र सारथी अस्पतालका वेद जोशी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार