१५ चैत्र २०८०, बिहीबार

सामाजिक सुरक्षाको महत्वपूर्ण कार्यक्रम



पारिवारिक योगदानमा आधारित स्वास्थ्यको महत्वपूर्ण कार्यक्रम
स्वास्थ्य संस्था तथा सेवा प्रवाहमा केही कमजोरी छ
केही निजी क्षेत्रबाट पनि नकारात्मक प्रचार भइरहेको छ
४९ जिल्लामा २५ लाख बढि जनसंख्या बीमा कार्यक्रममा आवद्ध
जनताले सिर्जना गरेका र जनतामै समर्पित कार्यक्रम

नेपालमा स्वास्थ्य कार्यक्रम लागू भएको चार वर्ष पुग्दैछ । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट यो कार्यक्रम लागू भएको थियो । सब नागरिकलाई स्वास्थ्य सेवाको पहु“चमा पु¥याउने सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रमका रुपमा लागू भएको यो कार्यक्रमको अवस्था, समस्या र चुनौति लगायतका विषयमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलसंग अनुमोदन दैनिकका प्रधान सम्पादक मनमोहन स्वारले गरेको कुराकानीको सारसंक्षेपः


यो (स्वास्थ्य बीमा) को मुख्य अवधारणा के हो ?
स्वास्थ्य बीमाको मुख्य अवधारणा भनेको सबै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनु, उपचारका क्रममा कुनै पनि आर्थिक अभाव नहोस् र सम्बन्धीत स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवा प्राप्त गरुन् भन्ने नै हो । यो पारिवारिक योगदानमा आधारित स्वास्थ्यको एउटा महत्वपूर्ण कार्यक्रम हो ।
तर, यो कार्यक्रममा विमितहरूको सन्तुष्टिको स्तर त्यति राम्रो देखिंदैन नि ?
यो कार्यक्रममा प्रमुख रुपमा तीन पक्ष छन् । यो कार्यक्रममा स्वास्थ्य बीमा र सरकार, स्वास्थ्य संस्था र सेवाग्राही छन् । यी तीन वटाबीचको सम्बन्ध राम्रो भए मात्रै यो कार्यक्रम सफल हुन्छ । जब कुनै एउटा पक्षबाट कमिकमजोरी भयो भने स्वास्थ्य बीमा कार्यक्रममा नकारात्मक प्रभाव पर्छ । अहिले सबैभन्दा ठुलो नकारात्मक प्रभाव भनेको स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा बनेको छ । गुणस्तरिय सेवा प्रवाहमा जनताले अपेक्षा गरेभन्दा कमजोरी देखिन्छ । स्वास्थ्य बीमामा आवद्ध विमितको नविकरणको दर हेर्दा पनि यस्तो देखिन्छ ।

तपाईंले स्वास्थ्य बीमा कार्यक्रमको एक प्रमुख चुनौतिको कुरा गर्नुभयो । यो कार्यक्रमलाई प्रभावकारी तथा सेवाग्राहीको दृष्टिबाट सफल बनाउन के गर्नुपर्छ त ?

हेर्नोस्, स्वास्थ्य बीमा कार्यक्रम नेपालमा सामाजिक सुरक्षाको महत्वपूर्ण कार्यक्रम हो । यो स्वास्थ्य बीमा भनिए पनि यसमा बीमाको पनि केही अंश हुन्छ । स्रोत परिचालन गर्ने विशेषता हुन्छ । २०७२ सालमा नेपालको संविधान जारी भएपछि संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा राखिएको छ । सरकारले आधारभुत स्वास्थ्य निःशुल्क दिने र त्यो भन्दा माथिको सेवालाई स्वास्थ्य बीमामार्फत प्रवाह गर्ने अवधारणा अनुरुप नीति र कानुनहरु बनेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ आइसकेको छ । हामीले आवश्यक मापदण्ड र निर्देशिका निर्माण गरेर कार्यक्रमहरु अघि सारेको छौं । यसले परिलक्षित गरेका महत्वपूर्ण तीन वटा पिल्लरमा अन्तरनिहित छ । यी सबैको चुरो अन्त्यमा स्वास्थ्य सेवाको पहु“च र गुणस्तरमै गएर ठोकिन्छ ।
कुनै पनि स्वास्थ्य संस्थाले यो जनताको कार्यक्रम हो भनेर कार्यक्रमको स्वामित्व ग्रहण गर्दै स्तरीय सेवाप्रवाह गर्न थाल्नुभयो भने यो कार्यक्रममा कुनै पनि समस्या आउ“दैन । तर, उहा“हरु (स्वास्थ्यकर्मी, चिकित्सक) ले खासै वास्ता गर्नुभएन र स्वास्थ्य बीमालाई बोझका रुपमा लिनुभयो भने यस्ता खालका गुनासा, नकारात्मक कुराहरु आउ“छन् । हामीले कुनै पनि स्वास्थ्य संस्थालाई निःशुल्क रुपमा काम गर्नुहोस् भनेर भनेका छैनौं । सरकारले पनि त्यो भनेको छैन । हामीले उहा“हरुले पुर्याएको सेवा वापतको मूल्य पनि तिरेका छौं । उहा“हरुले कति मूल्यको औषधी दिनुहुन्छ, त्यो औषधी खर्चको मूल्यभन्दा बढी मूल्य तिरेका छौं । उहा“हरुले जुन–जुन सेवा दिनुहुन्छ त्यसको पनि मूल्य तिरेका छौं । यदि स्वास्थ्य सेवा प्रवाह जिम्मेवार र उत्तरदायी भएर अघि बढ्ने हो भने उहा“हरुको स्थायीत्वको लागि यो कार्यक्रमले बल दिने हो । म सबैलाई त भन्दिन, तर कतिपय स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्य कर्मचारीहरुले सेवा प्रवाहमा केही कमी गरेका छन् । कतिपय स्वास्थ्य संस्थामा अहिले पनि सेवा प्रवाह, व्यवहार लगायतमा विभिन्न किसिमका गुनासाहरु छन् । त्यसले गर्दा कार्यक्रम नै नराम्रो हो की भन्ने सन्देश गएको छ । तर, बिर्सन नहुने कुरा के भने यसको अभ्यास भएको तीनचार वर्ष मात्र भयो । विश्वका विकशित भनिएका कतिपय मुलुकमा डेढ सय सालदेखि यो कार्यक्रम सञ्चालन भए पनि अझै अनेक किसिमका गुनासा छन् । उनीहरुले सुधारका लागि प्रयास गरिरहेका छन् । हामीले पनि सिक्दै जाने र सुधार गर्दै जाने हो । त्यसकारण अहिले नै हतोत्साहित हुने कुरा हुँदैन ।
चुनौति र केही समस्याबीच पनि यो कार्यक्रमका उपलब्धी कसरी प्रस्तुत गर्न रुचाउनुहुन्छ ?

स्वास्थ्य बीमा लागू भइसकेपछि यसले सेवाप्रदायक संस्थाको पूर्वाधारमा सुधार गरेको छ । जुन–जुन जिल्लामा यो कार्यक्रम विस्तार भएको छ ती जिल्लामा यसबारे जनचेतना फैलाएका छौं । हामीले स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गर्नुपर्छ, यसका लागि सरकारले एउटा आधार दिएको छ भनेर जनतालाई जागरुक बनाउने काम गरिरहेका छौं । कुनै किसिमको वित्तिय जोखिम हुन नदिने एउटा आधार निर्माण गरेको छ भन्ने जनताहरु धेरैले बुझ्न थाल्नुभएको छ । त्यसैगरी जनताले विशेष सेवा लिन थाल्नुभएको छ । विशेषगरेर हाम्रा लक्षित वर्ग, अति विपन्न, अशक्त, ज्येष्ठ नागरिक र दिर्घरोगीहरुलाई यो कार्यक्रमले ठुलो टेवा दिएको छ । उहा“हरु सबैभन्दा राम्रा सेवाग्राही हुन् । लक्षित वर्ग र दीर्घरोगीहरुले यो कार्यक्रमको पूर्ण रुपमा उपयोग गर्नुभएको छ । तर, हेर्नोस् समाजमा राम्रो नचाहने वर्ग पनि छ । उहा“हरुले हरेक कुरामा नकारात्मक सन्देश फैलाउन आनन्द मान्छन् । यस्ता व्यक्तिहरुले स्वास्थ्य बीमा कार्यक्रमबारे अनर्गल प्रचार गरेर अलिकति नकारात्मक धारणा फैलाएका छन् । केही नीजि क्षेत्रबाट पनि आक्रमण भइरहेको छ । तर, समग्रमा यो कार्यक्रमले मानिसलाई पर्न सक्ने आर्थिक जोखिमलाई संरक्षण, स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार, मानिसलाई बेला–बेलामा स्वास्थ्य उपचार गर्नुपर्छ भन्ने जागरण फैलाएको छ ।

तथ्यांकमा स्वास्थ्य बीमा कार्यक्रमका उपलब्धी ?
कैलाली जिल्लाबाट २०७२ सालदेखि सुरु भएको योे कार्यक्रम अहिले ४९ जिल्लामा पुगिसकेका छौं । थप ११ जिल्लामा लागू हुने क्रममा छ । अहिलेसम्म करिव २५ लाख जनसंख्यालाई यो कार्यक्रममा आवद्ध गराउन सफल भएका छौं । करिब सात लाख २५ हजार परिवार यसमा आवद्ध भएका छन् । छ लाख १५ हजार अति विपन्न आवद्ध भएको अवस्था छ । यो कार्यक्रममा आवद्ध भएका ज्येष्ठ नागरिकहरुको संख्या दुई लाख ५० हजार पुगिसकेको छ । हामीले अहिलेसम्म बीमा कार्यक्रमबाट तीन अर्ब रुपैया योगदान रकम संकलन गरेका छौं भने चार अर्ब रुपैया“ बराबरको सोधभर्ना अर्थात् सेवाको भुक्तानी गरेका छौं । चार सय ८५ स्थानीय तहमा यो कार्यक्रम लागू भइसकेको छ ।

प्रदेश र स्थानीय तहमा यो कार्यक्रम कसरी व्यवस्थापन गरिएको छ ?
स्वास्थ्य बीमा नियमावली २०७५ आएपछि सबै तहका सरकारमा एउटा संयोजनकारी भुमिका निर्वाह गर्ने उद्देश्यले संयोजन समितिहरु खडा गरिएका छन् । केन्द्रको त समस्या छैन । प्रदेशमा पनि प्रदेश संयोजन समिति खडा गरिएको छ । प्रदेशले नै नेतृत्व गरेर एउटा संरचना निर्माण गर्छ । कतिपय प्रदेश सरकारले त्यसको थालनी गरिसकेका छन् । त्यो भनेको प्रत्यक्ष रुपमा प्रदेश सरकारले यो कार्यक्रमको स्वामित्व ग्रहण गर्नुपर्छ भन्ने नै हो । यसैगरी स्थानीय तहमा संयोजन समितिको परिकल्पना गरिएको छ । कतिपय स्थानीय तहमा अग्रसक्रिय रुपमा संयोजन समिति गठन गरिसकेका छन् ।

तपाईंले सुरुमा यो कार्यक्रमका केही चुनौतिबारे चर्चा गर्नुभएको थियो । मुख्य रुपमा पहिचान गरिएका चुनौति र आगामी दिनमा गरिने प्रयासबारे के गर्दै हुनुहुन्छ ?

सेवाग्राहीले स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवा प्राप्त गर्न नसक्नु यो कार्यक्रमको चुनौति हो । भौगोलिक जटिलता र स्वास्थ्य संस्थामा प्रर्याप्त जनशक्ति नहु“दा पनि समस्या भएको छ । सबै जिल्लामा अति विपन्न तथा गरिव परिवारको अझै पहिचान हुन सकेको छैन । सरकारले २६ जिल्लामा मात्र अहिलेसम्म विपन्न परिवार पहिचान गरेको छ । सबै जिल्लामा विपन्नको पहिचान तथा स्वास्थ्य बीमाको दायरामा ल्याएर वित्तिय संरक्षण प्रदान गर्ने हाम्रा लागि चुनौति छ । त्यस्तै, बीमा सम्बन्धी धेरै कार्यक्रमहरु छरिएर रहेका छन् । नेपाल सरकारकै स्वामित्वमा रहेका संस्थाले छुट्टाछुट्टै यस्ता कार्यक्रम संचालन गरेका छन् भने स्वास्थ्य क्षेत्रभित्र पनि हाम्रा “भर्टिकल” कार्यक्रमहरु छन् । अब यी सबै कार्यक्रमहरुलाई एकसुत्रमा ल्याउनु पनि अर्को चुनौति छ । यो कार्यक्रमको प्रचारप्रसार र कार्यक्रमबारे बस्ती तहसम्म सबैलाई जानकारी दिने चुनौति छ । केही आवश्यक ऐन कानुन, मस्यौदा, नियम, मापदण्ड बनाउन पनि बा“की छन् । सबैभन्दा ठुलो समस्या कर्मचारी समायोजनका कारण स्वास्थ्य संस्थामा जनशक्ति घटेको छ । काम चाहि विस्तार हु“दै गएको छ तर, कर्मचारीको स्थायीत्व नहु“दा गाह्रो भइरहेको छ । त्यसकारण तत्काल संगठन तथा व्यवस्थापन सर्भे गरेर कर्मचारी भर्ना गर्न हाम्रा लागि चुनौति छ । यी विविध चुनौतिका बाबजुद सबै निकायसंग पैरवी, समन्वयात्मक बैठक तथा छलफल हुन थालेका छन् । भविष्यमा सेवाको गुणस्तर, पहु“च, वित्तिय संरक्षण प्रदान गर्ने, स्वास्थ्य बीमालाई सञ्चालन गर्नेदेखि हाम्रा सबै योजनाका अभिन्न अंग छन् । त्यस्तै, जिल्ला विस्तार पनि चुनौति छ । अहिलेसम्म स्वास्थ्य बीमा सेवाले समेटेको कुल जनसंख्याको साढे आठ प्रतिशत मात्र हो ।

अन्त्यमा के भन्नुहुन्छ ?

म सबै सर्वसाधारण, युवा पुस्ता, दाजु भाई, दिदिबहिनी, अग्रजहरु सबै नेपाली नागरिकलाई के भन्न चाहन्छु भने नेपालमा सामाजिक सुरक्षाका क्षेत्रमा यति महत्वपूर्ण कार्यक्रम आएको थिएन । यो जनताले आफुले सिर्जना गरेका र जनतामै समर्पित कार्यक्रम हो । संविधानको भावना अनुकुल आएको कार्यक्रम हो । यसमा कुनै मुनाफाका हिसावले ल्याइएको कार्यक्रम होइन । हामीले स्वास्थ्यमा भेदभाव नगरि सेवा प्रदान गर्ने कार्यक्रम हो । सम्पूर्ण बीमा लागु भएका जिल्लाका नागरिकलाई यस कार्यक्रममा छिटोभन्दा छिटो आवद्ध भई सबै किसिमका सेवा लिनुहोस र यसबाट वञ्चित नहुनुहोस भन्ने म आह्वान गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार