१० श्रावण २०८१, बिहीबार

नेपाल भ्रमण वर्ष : पांच दिन पर्यटकका लागि निःशुल्क बस सेवा



धनगढी/ धनगढी उपमहानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सुरुका पाँच दिन पर्यटकका लागि निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
सोमबार धनगढीका सरकारवालाहरूसंग छलफल गर्दै भ्रमण २०२० को सुरुको दिनमा नै सकारात्मक सन्देश प्रवाह गर्ने योजना रहेको जानकारी दिइयो ।
बस सेवा त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउँ घुमेर पुनः त्रिनगर भन्सार सम्म संचालन गरिने छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भ्रमण वर्षलाई सफल बनाउनका लागि सबै पक्ष तयार हुनुपर्नेमा एकमत भएको बताए । पहिलो दिनबाट नै नेपाल भारत नाकामा पर्यटक यहायता कक्ष संचालन गर्ने तयारी धनगढी उप–महानगरपालिकाले गरेको छ नगरप्रमुख वडले भने, त्यो दिन नेपाल भित्रीने पर्यटकहरूलाई चिया तथा कफी खुवाउने, फुलमाला र खादाले स्वागत गर्ने योजना छ ।
त्यसैगरी धनगढीका पर्यटकिय स्थलहरू , त्यहाँको दुरी, त्यहाँका बिशेषताहरू, पर्यटकिय गतिविधी र महत्वहरूलाई राख्नेगरी सोसल मिडियामा पेज बनाउने, ब्रुसर तयार गर्ने, नगरको सरसफाई गर्ने, धनगढी देखि भारतको पलिया बजार सम्म भ्रमणवर्ष २०२० को सन्देश दिनेगरी साईलक यात्रा गर्ने लगायतका कार्यक्रमहरू तय गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए ।
धनगढी उपमहानगरपालिकाले प्रदेश तथा संघ सरकारले पर्यटक वर्ष २०२० सफल बनाउनका लागि गर्ने सबै गतिविधीमा सहभागिता जनाउने पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । त्यसैगरी भ्रमण वर्षको अवसर पारेर होमस्टे गाउँ भादा थारु महोत्सवको पनि उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार