कैदीहरूलाई कम्बल वितरण

धनगढी/ धनगढी उप–महानगरपालिकाले जिल्ला कारागार शाखा कैलालीका कैदीवन्दीलाई सोमबार कम्वल वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीले उपलब्ध गराएका तीन सय थान कम्वल धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैदीवन्दीलाई हस्तान्तरण गरे ।
जिल्ला कारागार शाखा कैलालीका ५ सय २८ जना कैदिवन्दीहरू रहेका छन् ।





