२१ बैशाख २०८१, शुक्रबार

पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यम



धनगढी/ नेपाल भारत पत्रकार संघले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सोमबार धनगढीमा पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका सम्बन्धी छलफल कार्यक्रम गरेको छ ।
सो अवसरमा पाँच बुँदे घोषणापत्र समेत जारी गरेको छ । कार्यक्रममा सहभागीले सुदूरपश्चिममा तत्कालका लागि भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताएका थिए । उनीहरूले सुदूरपश्चिममा पर्यटक भित्र्याउनका लागि विभिन्न सुधारहरू गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भारतीय पत्रकारहरूलाई नेपाल ढाका टोपी लगाएर स्वागत गरेकी थिइन् । सो अवसरमा भारतीय पत्रकारहरूले सुदुरपश्चिमको पर्यटकीय स्थलबारे भारतमा प्रचार प्रसार गर्न भूमिका निर्वाह गरिदिन मन्त्री भट्टले अनुरोध गरेकी थिइन् ।
भारतीय पत्रकारहरूले नेपालमा पस्नेवित्तिकै बोर्डरमै नेपालका पर्यटकीय स्थलका बारेमा नक्सा, भौगोलिक स्थिति, गाडी पास लगायका सूचनाको व्यवस्था गरिनुपर्ने र अनावश्यक रुपमा चेकजाँचको रुपमा भारतीय नागरिकहरूलाई त्रासमा पार्न नहुने सुझाव दिएका थिए ।
कार्यक्रमपछि भारतीय पत्रकार र संघको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत भेटेर सुझाव दिएको थियो । सो अवसरमा मुख्यमन्त्रीले प्रदेश सरकारले गर्न सक्ने जति सुविधा दिन तयार रहेको र बाँकी सुविधाका लागि संघीय सरकारमार्फत् पहल गर्ने बताए ।
छलफलबाट जारी घोषणा पत्रमा पुस १६ गते (१ जनवरी २०२०) देखि शुरु हुन गई रहेको नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल–भारत दुवै देशका पत्रकारहरूले सहज रुपमा समाचार सँकलन गर्न पाउन भन्ने उद्देश्यले सहज वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।
“दुवै देशका सिमा नाकामा नेपाल र भारतका नागरिकलाई सहज आवागमनको अवस्था श्रृजना गर्न र कुनै पनि चेकजाँचका नाममा हैरानी नगर्न स्थानीय प्रशासनलाई समेत आग्रह गर्दछ’ घोषणापत्रमा उल्लेख छ– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा राष्ट्रिय स्तरमा सञ्चारकर्मीहरूले समाचार सम्प्रेषका लागि आवश्यक पर्ने सूचना सहज रुपमा स्थानीय स्तरमा पाउने वातावरण गर्न आग्रह पनि प्रदेश सरकारसँग आग्रह गर्दछ ।
त्यस्तै, नेपाल भ्रमण वर्षलाई सफल पार्न पर्यटकिय स्थलहरूको प्रचारप्रसारमा दुवै देशका सञ्चारकर्मीहरूले प्रतिवद्धता व्यक्त गरेका छन् । “पर्यटन व्यवसायीहरू, सम्वन्धित संघ सस्थाहरू र सरकारको समन्वयात्मक भुमिकालाई थप प्रभाकारी बनाउन पहल गरिने छ’ घोषणापत्रमा– नेपाल भारत बीच ऐतिहासिक, धार्मिक, सा“स्कृतिक र बन्धुत्वको सम्बन्ध रहेको पृष्ठभुमिमा दुई देशका सिमामा देखा पर्ने समस्याको वार्ता र सम्वाद मार्फत समाधान निकाल्न दुवै देशका पत्रकारहरूले सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार