१० श्रावण २०८१, बिहीबार

बृन्दा सामुदायिक बनको साधारण सभा



सुखड/ कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिम्थरीमा रहेको वृन्द्रा सामुदायिक वन उपभोक्ता समुहको नवौं साधारण सभा तथा सार्वजनिक सुनुवाई शनिबार भएको छ ।
साधारण सभाको सबडिभिजन बन कार्यालय सुखडका प्रमुख समिर थापाले उद्घाटन गरे । कार्यक्रम सामुदायिक वनका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा भएको थियो ।
साधारण सभामा वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर बुढा, वन समन्वय समितिका अध्यक्ष पुष्कल बम, घोडाघोडी संरक्षण जनजागरण मञ्चका अध्यक्ष दिपेन्द्र बहादुर बम लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा वन समितिका सचिव दिपा जेठाराले आर्थिक वर्ष २०७५÷७६ को आयव्यय प्रस्तुत गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार