१० श्रावण २०८१, बिहीबार

अछाम सेवा समिति भवनको उद्घाटन



धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा अछाम सेवा समिति धनगढीको नवनिर्मित लालमुगा स्मृति भवनको शनिबार उद्घाटन गरिएको छ । नवनिर्मित भवन तथा सेवा समितिको १७ औं साधारण सभाको एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले विभिन्न जिल्लाबाट बसाइसराई गरि धनगढीमा बसोबास गरिरहेका मानिसले स्थापना गरेका विभिन्न सेवा समितिहरूबीच समन्वय र समधुर सम्बन्ध बृद्धि गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिरासिंह पातलीले धनगढी सबै क्षेत्रबाट बसाई सारेर आएका ब्यक्ति र समुदायको शहर भएको चर्चा गरे ।
साधारण सभा अछाम सेवा समाजका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा भएको थियो । समाधारण सभामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार