२३ बैशाख २०८१, आईतवार

असाध्यै जाडो : धनगढीमा सात वर्षयताको सबैभदा न्युन तापक्रम



बाक्लो तुषारो र शितलहरबीच कैलाली र कञ्चनपुरमा तापक्रम अहिलेसम्मको सबैभन्दा न्युन मापन गरिएको छ । शनिबार बिहानैदेखि बाक्लो तुषारो र शितलहर चलेका कारण दिनभरी नै निकै जाडो बढेको थियो ।
जल तथा मौसम मापन फिल्ड कार्यालय अत्तरियाले शनिबारको तापक्रम यस वर्षको सबैभन्दा न्युन रहेको जनाएको छ । शनिबार बिहान धनगढीको न्यूनतम तापक्रम सात वर्ष यताकै न्यून रहेको छ । फिल्ड कार्यालयका अनुसार शनिबार बिहान ८.४५ बजे धनगढीको तापक्रम २.८ डिग्री सेल्सियस रहेको थियो ।
फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा २०६९ साल पुस २६ गते सून्य दशमलव पाच डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए । उनले त्यसपछिका सात वर्षमा शनिबार न्युन तापक्रम रहेको बताए ।
मौसम विभागको वेवसाइटमा शनिबारको न्युनतम तापक्रम धनगढीमा २.८ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो । त्यसैगरी, दिपायलको तापक्रम न्युनतम तापक्रम २.८ तथा अधिकतम तापक्रम २१.२ र डडेल्धुराको न्युनतम तापक्रम २.५ तथा अधिकतम तापक्रम ११.६ डिग्री सेल्सियस रहेको थियो ।
यसैबीच धनगढीसहित कैलालीमा जाडो निकै बढेपछि डिभिजन वन कार्यालय, धनगढीले धनगढीका विभिन्न ठाउमा शनिबार आगो ताप्ने व्यवस्था गरेको छ ।

जिल्ला २०७६/ ०९/१२ बिहान ०८ः४५ २०७६/०९/१२ साझ १७ः४५
दिपायल
  २.८ २.८  
डडेल्धुरा   २.५ २.५  
धनगढी   २.८ २.८  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार