२ जेष्ठ २०८१, बुधबार

पानी जहाजको विरोध गर्नेले नै गोकर्णको पनि विरोध गरेका हुन : प्रधानमन्त्री ओली



यसअघि हचुवाको भरमा सरकारी सम्पती लिजमा दिने गरिएको बताउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विधि निर्माण गरेर दिएकाे दावी गरेका छन् ।

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गोकर्ण रिसोर्ट विधिसम्मत रूपमा भाडामा दिएको दावी गरेका छन् । 

प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि हचुवाको भरमा दिने गरिएकोमा वर्तमान सरकारले विधि निर्माण गरेर भाडामा लगाएको बताएका हुन । 

पानी जहाज ल्याउन खोज्दा समेत विरोध गर्ने विपक्षी भएको ठाउँमा गोकर्ण रिसोर्ट लिजमा लिने प्रक्रियाको विरोध हुनु स्वभाविक भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।

गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि सकिनुभन्दा पाँच वर्ष आठ महिना अगाडी नै मन्त्रिपरिषद्ले लिज नविकरण गरिदिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

प्रधानमन्त्ती ओलीले उक्त प्रकरणमा पहिलो पटक सार्वजनिक मञ्चबाट मन्त्रिपरिषदको निर्णयको बचाउ गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार