१० श्रावण २०८१, बिहीबार

धनगढीमा अजिंगर



धनगढी/ धनगढी उप-महानरपालिका वडा नम्बर ४ खानेपानी टोलस्थित खोला किनारमा अजिङ्गर भेटिएको छ ।
खानेपानी टोल हुँदै कैलाली नालामा निर्माण भइरहेको तटबन्धमा पाँच फिट छ इन्च लामो र अढाई किलो तौलको अजिंगर फेला परेको थियो ।
तटबन्ध निर्माणका लागि जेसिबीले माटो खन्ने क्रममा फेला परेको अजिंगरलाई डिभिजन वन कार्यालय धनगढीको टोलीले उद्दार गरेको छ ।
डिभिजन वन कार्यालय धनगढीका रेञ्जर रामअवतार चौधरीले उद्दार गरिएको अजिंगरलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को खुटिया सामुदायिक वन क्षेत्रमा छोडिएको जानकारी दिए ।
सीमसार क्षेत्रसमेत रहेको सो क्षेत्रमा केही समय पहिले पनि अजिंगर देखिएको र अजिंगरका लागि त्यो ठाउँ उपयुक्त भएकाले साहै ठाउमा छोडिएको उनले बताए । तटबन्धका लागि माटो खन्ने बेला बुधबार पनि कैलाली नालामा अर्को अजिंगगर देखिएको तटबन्धको काममा खटिएकाहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार