१० श्रावण २०८१, बिहीबार

सिकलसेल एनिमियाबारे अभिमुखीकरण



धनगढी/ धनगढी उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि सिकलसेल एनिमियाबारे अभिमूखिकरण कार्यक्रम गरेको छ ।
यस क्रममा मंगलबार वडा नम्बर १६ मा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागितामा अभिमूखीकरण कार्यक्रम आयोजना गरियो ।
सो अवसरमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रका मेरुदण्डका रुपमा रहेको चर्चा गरे । उनले भने– स्वास्थ्य क्षेत्रको सुधारका लागि महिला स्वास्थ्य स्वसंसेविकाहरूको क्षमता विकास जरुरी छ ।
नगर प्रमुख वडले गत आर्थिक वर्ष २०७५÷०७६ मा दुईवटा स्थानमा सिकलसेलको निःशुल्क परीक्षणका लागि शिविर आयोजना गरिएको र चालू आर्थिक वर्षमा चेकजा“च, परामर्श र उपचार कार्यक्रम राखिएको बताए ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा अधिकृत लक्ष्मीराज उपाध्यायका अनुसार पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई र दोश्रो चरणमा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमूखीकरण आयोजना गरिएको बताए ।
उर्मा नगर स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र महराले सिकलसेल जनस्वास्थ्यको समस्याका रुपमा रहेको बताए ।
सेती प्रादेशिक अस्पतालका अनुसार सिकलसेलका एक सय ७३ बिरामीको नियमित उपचार गराइरहेका छन् ।
सरकारले सिकलसेल एनिमियाबाट संक्रमित विपन्न परिवारका बिरामीहरूको स्वास्थ्य परीक्षण र औषधी उपचारका लागि एक लाख रुपैया“सम्म आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार