१० श्रावण २०८१, बिहीबार

रुखबाट खसेर गम्भीर घाइते सपना उपचारको पर्खाईमा



धनराज बिक/लम्की- रुखबाट खसेर दायाँ हात र बायाँ खुट्टा भाँचिएकी सपना महतराको परिवारलाई आर्थिक अभावका कारण उनको उपचार गर्न समस्याले पिरोलेको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ चैनपुरकी १८ वर्षीय सपना बाख्राका लागि घा“स काट्न चरैला जंगलमा गएको बेला गत मंसिर १३ गते रुखबाट खसेर गम्भीर घाइते भएकी हुन् ।
उनका बुवा धन बहादुरका अनुसार छोरीको उपचारका लागि अहिलेसम्म ऋणसापट गरर जोहो गरेको पाँच लाख रुपैया खर्च भइसकेको छ । उनको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । उनले भने– छोरी रुखबाट खस्ने क्रममा बायाँ घुँडामा गम्भीर चोट लागेकाले घु“डाको हड्डी फेर्न चार लाख रुपैया लाग्ने डाक्टरले भनेका छन् । मसंग पैसा छैन । श्रीमतीलाई छोरीसंगै अस्पतालमै छोडेर गाउँमा सहयोग माग्दै हिडेको छु ।
उनले चार दिनमा १५ हजार रुपैया सहयोग प्राप्त भएको बताए । उनले सबैसंग आफ्नो छोरीको उपचारमा सहयोग गर्न आग्र गरेका छन् ।
महिला जागरण केन्द्रका अध्यक्ष बिस्ना बिसीले सपनाको उपचारमा सहयोग जुटाउन अग्रसर भएको बताइन् ।
यसैबीच, जनता माध्यामिक विद्यालय चौंरीपुर बलियाका कक्षा १० का विद्यार्थीहरूले सपनाको उपचारको लागि विद्यालयमा सहयोग संकलन गरिरहेको शिक्षक रोशन बोहराले बताए ।
सपनाको उपचारका लागि लम्कीचुहा नगरपालिकाले पाँच हजार, रोकाया समाजबाट सात हजार, महतारा समाजबाट तीन हजार छ सय, शम्भु सुनन्दा सामुदायिक बन चैनपुरबाट पांच सय समेत १५ हजार रुपैया प्राप्त भएको धन बहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार