१० श्रावण २०८१, बिहीबार

लालबहादुर बम तथा लोकराज ढकाल स्मृति कप : न्यु लुम्बिनी ब्याटमिन्टन क्लव विजेता



लम्की/ कैलालीको लम्कीमा शनिबार भएको शहीद लालबहादुर बम तथा लोकराज ढकाल स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ को उपाधि न्यू लुम्बीनी ब्याड्मिन्टन क्लवले जितेको छ ।
नेपाली काँग्रेस लम्कीचुहा नगर समितिद्वारा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा ४५ टिमले भाग लिएका थिए ।
शनिबार भएको फाइनल खेलमा न्यु लुम्बिनी क्लवका विनोद पौडेल र राजु थापाको जोडीले बाँके नेपालगञ्जका इरफान अन्सारी र विलाल वारिसलाई हराउँदै उपाधि जिते । उपाधिसंगै उनीहरूले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा लम्कीका भेगबहादुर खत्री र लोकेन्द्र शाहीले तथा धनगढीका राजेन्द्र बम र जितेन्द्र शर्माले तृतीय स्थान प्राप्त गरे ।
प्रतियोगिताका द्वितीय हुने खेलाडीले २५ हजार तथा तृतीय हुने खेलाडी जोडीले १० हजार रुपैया पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनका अवसरमा नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर बिष्ट, प्रतियोगिता संयोजक लवबहादुर शाही लगायतले विजेता टिम तथा खेलाडीलाई ट्रफी, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा लम्कीका पुराना ब्याटमिन्टन खेलाडी धनप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार