१० श्रावण २०८१, बिहीबार

गाउँपालिकामा उपाध्यक्ष कोशेली कार्यक्रम



बैतडी/ बैतडीको सुर्नया गाउपालिकाले “उपाध्यक्षको कोशेली कार्यक्रम’ सञ्चालन गरेको छ । गाउपालिकाभित्रका सुत्केरी तथा हजार दिने आमाहरुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामग्री वितरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कार्यक्रम अन्तरगत सुत्केरी आमाहरुलाई अण्डा, घ्यू, फलफूल, साबुन, तौलिया, दन्तमञ्जन, ब्रसलगायत कोशेली प्रदान गरिने छ ।
गाउपालिका उपाध्यक्ष लीला बिष्टले सुत्केरी तथा हजार दिने आमाहरूका लागि पोषक आहाराको कोशेली बोकेर उनीहरुको घर जाने कार्यक्रम रहेको बताइन् ।
उपाध्यक्ष बिष्टले कोशेलीका साथै ४५ दिनसम्मका सुत्केरी महिलाहरुलाई चिसोबाट जोगाउन कम्बल समेत बितरण गरिने बताइन् । सो कार्यक्रमका लागि गाउपालिकाले चालू आर्थिक वर्षको बजेटमा १० लाख रुपैया छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार