१० श्रावण २०८१, बिहीबार

सामुदायिक विद्यालयमा प्राविधिक विषय पढाई 



सुखड/कैलालीको बर्दगोरिया गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्राविधिक बिषयहरू पढाई हुन थालेका छन । गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालय मध्ये वडा नम्बर ६ बास्कोटीस्थित महोन्याल माध्यामीक विद्यालयमा चार वर्षे कम्प्युटर ईन्जिनीयरिङ कोर्ष र वडा नम्बर ४ ढोडरपुरस्थित श्री माध्यामीक विद्यालयमा १८ महिने पशु विज्ञानको पढाई शुरु भएको छ ।
त्यस्तै वडा नम्बर ४ नौनियाँमा रहेको कालिका माध्यामीक विद्यालयमा तीन वर्षे बाली बिज्ञान  पढाई आगामी शैक्षिक सत्रबाट सुरु हुने जनाइएको छ । 
महोन्याल माध्यामिक विद्यालयमा कम्प्युटर ईन्जिनीयरिङ कक्षाका लागि छुट्टै भवन समेत निर्माण गरिएकोे विद्यालयकी प्रधानाध्यापक चन्द्रीका जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार