१२ श्रावण २०८१, शनिबार

गौरिफण्टा नाकालाई लक्षित प्लान्ट क्वारेन्टाइन राखिने



धनगढी । भारतको उत्तर प्रदेश सरकारले कैलालीको धनगढीसंग जोडिएको गौरिफण्टा नाकालाई लक्षित गरी प्लान्ट क्वारेन्टाइन राख्ने भएको छ । भारत सरकारले उत्तरप्रदेशस्थित पलियामा प्लान्ट क्वारेण्टाइने राख्ने निर्णय गरेको जनाएको छ ।


गौरीफण्टाका कष्टम एजेण्ट नगेन्द्र चौधरीले भने– ‘गौरिफण्टामै क्वारेण्टाइन राख्ने भनिएको थियो तर, दुधुवा राष्ट्रिय निकुञ्जले जग्गा नदि“दा पलियामा राखिन लागेको हो ।’ उनले निकुञ्जबाट जग्गा प्राप्त भए विस्तारै नाकामै क्वारेण्टाइन स्थापना गरिने बताए ।
उत्तरप्रदेश सरकारले नोभेम्बर–१४ मा गौरीफण्टा नाकामा प्लाण्ट क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको जनाइएको छ ।
भारतले गौरीफण्टा नाकामा क्वारेन्टाइन राखेपछि आयात तथा निर्यातमा सहजता आउने व्यवसायीको भनाई छ । यसअघि विषादी परिक्षणका लागि व्यवसायीहरुले भारतको दिल्ली तथा लखनउमा धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । व्यवसायीका अनुसार उत्तर प्रदेशको राजधानी लखनौउ यता नरहेको प्लाण्ट क्वारेन्टाइन अव भने सीमा क्षेत्रमा विस्तार गर्ने तयारी थालिएको जनाइएको छ ।
गौरीफण्टामा क्वारेन्टाइन नहु“दा नेपालमा उत्पादित तरकारी, फलफूल भारत लैजानु परेमा नेपालगञ्ज हु“दै लैजानु पर्ने व्यवसायीको बाध्यता अव भने हट्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वरले बताए । ‘यो हाम्रो बर्षो देखीको माग हो’ उनले भने– ‘भारत सरकारले ढिलै भएपनि हाम्रो र त्यहाका व्यवसायीको मागलाई सम्बोधन गरेको छ ।’ उनले गौरीफण्टा नाकाका दुवै देशले प्लान्ट क्वारेन्टाइन स्थापना गरेसंगै तरकारी, फलफूल तथा अन्य कृषि जन्य उत्पादनलाई आयात निर्यात गर्न सहज हुने बताए ।
नोभेम्बर १४ मा गरेका निर्णयका आधारमा उत्तर प्रदेश सरकारले सोमबार नै गौरीफण्टा नाकामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको भएपनि केही प्रक्रिया नमिलेका कारण ढिलाई भएको बुझिएको पशु क्वारेण्टाईन गड्डाचौकीका प्रमुख देवराज खातीले बताए । गड्डा चौकीमा दुवै देशका सीमाना तर्फ प्लान्ट क्वारेन्टाइन भएपनि पुल नहु“दा सामान ओसार पसार भएको थिएन, उनले भने ‘गौरीफण्टामा क्वारेन्टाइन नै नहु“दा किसानले समस्या भोग्दै आएका थिए, अव त्यो समस्या समाधान हुन्छ ।’
यस अघि नेपालबाट निर्यात गर्दा वा भारतबाट कृषि जन्य वस्तु आयत गर्दा नेपालगञ्ज ह“ुदै सुदूरपश्चिम आउनुपर्ने बाध्यता अव अन्त्य हुने उनले बताए । यसले सुदूरपश्चिमेलीलाई कृषि उपजको अन्तराष्ट्रिय बजारीकरणमा ठुलो टेवा पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार