१० श्रावण २०८१, बिहीबार

अभिभावक भेला सुरु



धनगढी/ धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको अभिभावक भेला मंगलबारदेखि शुरु भएको छ । भेलाको धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् ।
सो अवसरमा नगर उपप्रमुख भट्टले विद्यालयलाई राम्रो बनाउन अभिभावकको मुख्य जिम्मेवारी रहेको बताइन् । उनले भनिन्– अभिभावकले आफनो छोराछोरीलाई विद्यालय पठाएर मात्र पुग्दैन, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, शिक्षकको व्यवहार, कक्षा सञ्चालनको अवस्था, विद्यार्थीमाथि गरिने व्यवहार आदि पक्षमा नियमित रुपमा निगरानी गर्नु आवश्यक हुन्छ ।
कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालमनि रानाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बराल, ९ का वडाध्यक्ष प्रेमराज भण्डारी, धनगढी उपमहानगरपालिकाका विद्यालय निरिक्षक अकबर चन्द, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवराज राना, सरोज चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष संग्रिप राना, पूर्वअध्यक्ष धनिराम राना, उपेन्द्र जोशी, भवानीदत्त भट्ट, विपि आधारभुत विद्यालयका प्रिन्सिपल जयप्रकाश मिश्र, दीनेश स्मृति छात्रवृत्ति कोषका संस्थापक हरिप्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गणेश नेपालीले गरेका थिए ।
मंगलबार विद्यालय व्यवस्थापन समिति गठनको टुंगो लाग्न सकेन । विद्यालय व्यवस्थापन समितिमा चार जना चयन गर्नुपर्नेमा २० जना उम्मेदवार भएपछि मंगलबार स्थगित गरि आज (बुधबार) दिउसोको ११ बजे समिति गठन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार