२१ मंसिर २०८२, आईतवार

हिउमा पुरिएर दुईको मृत्यु



बझाङ / बझाङमा जडीबुटी संकलन गर्न गएका दुई जनाको हिउँमा पुरिएर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर १ का १८ वर्षका कविराज बोहरा र १४ वर्षीया सहदेव बोहराको हिउमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।
उनीहरू गत मंसिर २५ गते सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी संकलन गर्न गएका थिए । जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगललवार दुवै जना मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बमले बताए ।
लगातार परेको हिमपातका कारण दुवै जनाको कठ्याङिग्रएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार