१० श्रावण २०८१, बिहीबार

जनसंख्या नियन्त्रणका लागि नयाँ र पुरानो पुस्ताबीच सहकार्य



धनगढी । जनसंख्या नियन्त्रण तथा आर्थिक विकासका लागि नया“ र अघिल्लो पुस्ताबीच सहकार्य र समझदारी हुनुपर्ने सरोकारवालाहरूलृ औल्याएका छन् ।

Image may contain: 7 people

सोमबार धनगढीमा आयोजित जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, १९९४ का प्रतिवद्धता र प्रगतिको सन्दर्भमा अन्तरपुस्ता सम्वाद कार्यक्रमका सहभागीहरूले आर्थिक विकासले जनसंख्या बृद्धिमा कमी ल्याउने चर्चा गरे ।
कार्यक्रममा सहभागी प्राध्यापक डाक्टर हेमराज पन्तले गरिबी कम भएका देशमा जनसंख्या कम हुदै गएको बताए । उनले आर्थिक विकासले जनसंख्या नियन्त्रणमा सघाउने बताए । प्राध्यापक डाक्टर पन्तले भने– विकसित राष्ट्रहरूमा मानिसलाई बच्चा स्याहार्ने समय पनि हुदैन । त्यसैले उनीहरू धेरै बच्चा जन्माउन चाहन्नन् । राज्यले नागरिकलाई पेन्सनको व्यवस्था गरेपछि किन सन्तान चाहिने ? भन्ने सोच हुन्छ ।
कार्यक्रममा शिक्षाविद् यावदप्रसाद जोशीले युवाहरूले रोजगार नपाएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिनु पर्ने बताए ।
त्यस्तै, पूर्व शिक्षिका इन्दिरा जोशी बालविवाहका कारण प्रजनन् स्वास्थ्यमा गम्भीर असर परेको र महिलामाथि हिंसा हुने क्रम बढेको बताइन् । उनले जनसंख्या नियन्त्रण तथा परिवार नियोजनको नाममा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने कार्य गलत भएको बताइन् ।
कार्यक्रममा युवा शान्ति परिषद अध्यक्ष प्रेम ढुंगाना, धनगढी उपमहानगर कार्यपालिका सदस्य प्रेम विक, अमन ओखेडा, ऋतु नाथ लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमा फाया नेपालको आयोजनामा भएको थियो । सो अवसरमा संस्थाका निर्देशक धर्मराज पाठकका अनुसार आईसीपीडीमा नेपालले महिला र बालबालिकाविरुद्ध हुने हिंसा, बालविवाह र मातृमृत्युदरको अन्त्य गर्ने प्रतिवद्धता जनाएको बताए ।
त्यस्तै, किशोर किशोरीमैत्री सेवा र बृहत यौनिकता शिक्षाको पहुचमा बृद्धि गर्ने, प्रजनन् अधिकार पूर्ण उपयोग गर्न सक्ने निश्चित गरी युवा वर्गको सुस्वास्थ्य र समृद्धिका लागि लगानी गर्ने, वित्तीय नीति, औजार र संरचनाहरूलाई सान्दर्भिक बनाइ आईसिपिडी र दीगो विकास लक्ष्यको पूर्ण कार्यान्वयन गर्ने तथा यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुच बढाई लैंगिक हिंसाको रोकथाम र प्रतिकार्य सहित विपद् प्रभावित व्यक्तिहरूको आधारभूत मानवीय आवश्यकताहरू निश्चित गरी मानवीयताको दृष्टिकोणले सम्बोधन गर्ने पनि नेपालले प्रतिवद्धता जनाएको छ ।

युएनएफपिएका मदन वागचनले सुदूरपश्चिममा विगतकाे तुलनामा अर्थतन्त्रमा सुधार अाएकाे र गरीवि दर पनि घट्दै गएकाे बताए । उनले परिवार नियाेजनकाे साधन प्रयाेग गर्नेकाे संख्या पनि बढेकाे र जनसंख्या बृद्धिदर पनि घटेकाे बताए ।
फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सच्चिदानन्द जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार