२८ पुष २०८१, आईतवार

हिउदे वर्षाका कारण इटा उद्योगमा ठूलो क्षती



धनगढी/ शुक्रबारदेखि दुई दिन परेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा इटा उद्योगले ठूलो क्षति बेहोर्नु परेको छ । इटा व्यवसायीहरूका अनुसार एकाएक भएको वर्षाका कारण काचों इटा गलेर नष्ट भएको छ ।
सेती महाकाली इटा व्यवसायी संघका अनुसार प्रत्येक एकाएक भएको वर्षाका कारण प्रत्येक इटा उद्योगमा १२ देखि १५ लाख रुपैया“ लागतको काचों इटा गलेको छ । सुदूरपश्चिम प्रदेशमा ७० वटा इटा उद्योग सञ्चालनमा छन् ।
सेती महाकाली इटा व्यवसायी संघले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रदेश अध्यक्ष वीरवल विकले दुई दिनको वर्षाका कारण १२ देखि १५ करोड रुपैया मूल्यको काचौं इटा पूर्ण रुपमा नष्ट भएको बताए । उनले भने– अचानक वर्षा भयो । बचाउने प्रयास गर्दा गर्दै धेरै नोक्सानी भइहाल्यो । उनले काचों इटाका साथै भट्टाभित्र राखेको कोइला समेत नोक्सान भएको बताए ।
सेतीमहाकाली इटा व्यवसायी संघका अनुसार इटा उद्योगमा करिब सात हजार मजदूर कार्यरत छन् । महाकाली इटा तथा टायल व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुडालले बिमा कम्पनीले पाकेको इटाको मात्रै बिमा गर्ने नियम बनाएका उद्योगीहरू मर्कामा परेको बताए ।
सेती इटा उद्योग व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले सरकारले काचो इटाको समेत बीमा गर्ने व्यवस्था गर्न माग गरे । उनले प्रदेश सरकारले उद्योग सञ्चालनका लागि वातावरण बनाउन पछिल्लो केही महिनाको ऋणको ब्याज मिनाहा गर्ने व्यवस्था गरेमा इटा उद्योगीहरूले केही राहत पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार