१० श्रावण २०८१, बिहीबार

एसओएस बालग्रामको स्वामित्व राज्यको– सरोकारवालाहरू



धनगढी/सरोकारवालाहरूले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मोहनपुरस्थित एसओएस बालग्रामको स्वामित्व राज्यले बहन गर्न सुझाव दिएका छन् ।
आइतबार बालग्रामको सामाजिक परिक्षण कार्यक्रमका सहभागीहरूले यो बालग्रामलाई प्रदेशस्तरको संस्थाका रुपमा विकास गर्न पनि सुझाव दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एसओएस बालग्रामलाई हरसम्भव सहयोग गर्न प्रदेश सरकार सदा तत्पर रहेको बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एसओएस वालग्रामको स्वामित्व राज्यले बहन गर्नुपर्ने बताए । उनले यो बालग्रामलाई सरकारी स्वामित्व प्रदेश स्तरको संस्था बनाउन उपमहानगरपालिका तयार रहेको बताए । नगर प्रमुख वडले उपमहानगरपालिकाले यस पटक संस्थाका लागि चार लखा रुपैया बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारी, धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी, नेपाल रेडक्रम सोसाईटी कैलालीका अध्यक्ष उत्तमराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एसओएस बालग्रामका निर्देशक पदम हमालका अनुसार यस संस्थाले एक सय १८ जना टुहुरा बालबालिकाहरूलाई पारिवारिक माया ममतासहित लालनपालन गरिरहेको छ ।
सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण पत्रकार टेकेन्द्र देउवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार