११ श्रावण २०८१, शुक्रबार

धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु



जनकपुरधाम- धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विस्फाेट हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ३ जनाकाे मृत्यु भएकाे हाे।

विस्फाेटमा परी मृत्यु हुनेमा इन्स्पेक्टर अमिर दाहल, स्थानीय ४६ वर्षका राजेश साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साह रहेका छन्।

घटनामा केही घाइते भएका छन्। गएराति मध्यरातमा बम विस्फाेट भएकाेराति करिब पाैने १२ बजे राजेशले शाैचालय जाने क्रममा घरकाे गेटमा बम राखेकाे झाेला झुन्डाएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टाेलीआएर बम राखिएकाे झाेला निकाल्ने क्रममा विस्फाेट भएकाे बताइएकाे छ।

घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार