१० श्रावण २०८१, बिहीबार

विपदको समयचक्र बदिलिन थाल्यो– नगर प्रमुख वड



धनगढी/ धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले विपदको समयचक्रमा पनि परिवर्तन आउन थालेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको आर्थिक विकास मार्फत बिपद जोखिम ब्यबस्थापन परियोजना दोश्रो चरणको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले भने– विपदको पनि समयचक्र फेरिन थालेको छ । प्रायः चैत बैशाखमा हावाहुरीको जोखिम हुन्थ्यो, तर यस वर्ष जेठको अन्त्यतिर हावाहुरीको विपद आइलाग्यो ।
नेपाल रेडक्रस सोसाईटी कैलालीका कार्यवाहक सभापति बासुदेव बिनाडीले आर्थिक विकास मार्फत बिपद जोखिम ब्यबस्थापन परियोजनाको उद्देश्य जोखिममा रहेका समुदायको आर्थिक समृद्धि गर्नु र बिपदको जोखिम न्यूनिकरण गर्नु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार