१० श्रावण २०८१, बिहीबार

अत्तरिया उबासंघको साधारण सभा



अत्तरिया/ अत्तरिया उद्योग वाणिज्य संघको तेस्रो वार्षिक साधारण सभा शुक्रबार भएको छ । सभाको सुदूरपश्चिम प्रदेश नेपाली का“ग्रेस संसदीय दलका नेता रणबहादुर रावलले उद्घाटन गरे ।
सो अवसरमा नेता रावलले सरकारले उद्योग व्यवसायीलाई लगानी तथा काम गर्ने वातावरण निर्माण गर्न नसकेको बताए । उनले वर्तमान सरकार व्यवसायीका हकहितमा भन्दा कर असुल्नमा बढि तल्लीन रहेको बताए ।
नेता रावलले तीनै तहका सरकारको समन्वयमा कर छुटका प्रावधान ल्याउनुपर्नेमा जोड दिए । उनले भने– जबसम्म ब्यवसायीले ढुक्कसंग लगानी लगाउने वातावरण पाउ“दैनन्, तबसम्म देशमा लगानी बढ्ने अवस्था छैन् ।
अत्तरिया उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले अत्तरिया क्षेत्रमा औद्योगिक कोरिडोरको स्थापना गर्न माग गरे । उनले भने– गोदावरीको खुटिया क्षेत्रमा औद्योगिक कोरिडोर स्थापना गर्नुपर्छ भनेर हामीले विगतदेखि नै माग गरिरहेका थियौ । सरकारले त्यहा“ तोक्यो, तर कुनै पनि काम अघि बढ्न सकेन ।
अत्तरिया उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष दुर्गाप्रसाद प्रसाईले सरकारले लगाएको बिभिन्न करका बिषयमा ध्यान केन्द्रित भई अत्तरियामा उद्योग धन्दा सञ्चालन गर्ने वातावरण बनाउन माग गरे ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली का“ग्रेस क्षेत्र नम्बर ४ ‘ख’ का सभापति खेमबहादुर साउ“द, लोकराज पाण्डे), नविनजंग भाट, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष कल्याणसिंह बोहराले स्वागत गरेको कार्यक्रममा संघकी कोषाध्यक्ष सिता सोपले संस्थाको बार्षिक प्रतिबेदन पेस गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन तथा संघको प्रतिवेदन महासचिव यज्ञराज जोशीले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार