१० श्रावण २०८१, बिहीबार

नवजीवनको २६ वर्ष : निक्षेप सवा तीन अर्ब, ऋण लगानी पौने तीन अर्ब



धनगढी । सुदूरपश्चिम प्रदेशको पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था २६ वर्षमा प्रवेश गरेको छ ।


यो अवधिमा नवजीवनले सवा तीन अर्ब रुपैयाँ बढि निक्षेप संकलन गरेको छ भने पौने तीन अर्ब रुपैयाँ बढि ऋण लगानी गरेको छ ।
नवजीवनको २६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा २६ वर्षको अवधिमा तीन अर्ब १३ करोड ५६ लाख ६२ हजार रुपैया“ निक्षेप संकलन भएको जानकारी दिइयो ।
त्यस्तै, संस्थाले गत कात्र्तिक मसान्तसम्म दुई अर्ब ८७ करोड ५४ लाख ६१ हजार रुपैया“ ऋण लगानी गरेको जनाइएको छ । पत्रकार सम्मेलनमा नवजीवन सहकारीका अध्यक्ष चक्रबहादुर सिंहले व्यापार, कृषि, उद्योग लगायतका क्षेत्रमा प्राथमिकताका साथ ऋण लगानी भइरहेको बताए ।
१० लाख ४० हजार रुपैया“ शेयर पु“जिबाट सञ्चालन भएको नवजीवनको शेयर पु“जि २६ वर्षमा १८ करोड २० लाख ४२ हजार रुपैया“ पुगेको छ । त्यस्तै, संस्थामा हाल १९ हजार ९३९ जना शेयर सदस्य रहेका छन् ।
संस्थाले गत आर्थिक वर्ष २०७५÷०७६ मा १३ करोड १८ लाख ६३ हजार रुपैया“ मुनाफा आर्जन गरेको जनाएको छ ।
कैलाली र बर्दियामा सात वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको नवजीवनको हालको सञ्चालन मुनाफा एक करोड ५७ लाख २७ हजार रुपैया छ ।
संघका उपाध्यक्ष गोविन्दराज जोशीले कञ्चनपुरको आइविआरडीमा सेवा केन्द्र सञ्चालनको तयारी पुरा भएको बताए । उनले कैलालीको राजीपुर, चौमाला, हसुलिया, डडेल्धुराको खलंगा र काठमाडौंको बानेश्वरमा समेत सेवा केन्द्र विस्तारको लागि सहकारी विभागबाट स्वीकृति लिइसकेको बताए ।
संस्थाले गोदावरी नगरपालिकाको श्रीपुरमा पा“च हजार वर्गफिटमा खाद्य भण्डार निर्माण गरी सञ्चालन गरेको जनाएको छ । यस वर्षबाट सेवा शुरु गरी १५ सय क्वीन्टल धान खरिद गरी भण्डारण गरेको अध्यक्ष सिंहले बताए । उनले सोही केन्द्रमा किसानलाई सिजनमा सहयोग गर्न जैविक मल र किटनाशक उत्पादन गर्ने तयारी समेत भइरहेको बताए । उनले यसै वर्षदेखि जैविक मल उत्पादन शुरु हुने बताए ।
साना ऋणीहरूलाई सहज रुपमा ऋण उपलब्ध गराउन लघुवित्त सेवा समेत सञ्चालन गरिएको अध्यक्ष सिंहले बताए । उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ११, घोडसुवामा महिलाहरूको समूह बनाई लघुवित्त कार्यक्रम प्रारम्भ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार