११ श्रावण २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशनको अझैं टुंगो लागेन



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको वर्षे अधिवेशन सकिएको चार महिना पुग्न लाग्यो, तर हिउँदे अधिवेशन कहिले सुरु हुन्छ भन्ने अझैं टुंगो लागेको छैत । प्रदेश सरकारले प्रदेश सभालाई “विजनेश” नदिएका कारण हिउँदे अधिवेशन कहिले सुरु हुनेभन्ने निश्चित हुननसकेको बताइएको छ ।


सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन गत भदौ १ गते अन्त्य भएको थियो । चौथो अधिवेशनमा ३० वटा विधेयक र दुई वटा संशोधन विधेयक पारित गरिएको सुदूरपश्चिम प्रदेश सभाले जनाएको छ । प्रदेश सभाबाट पारित भएका विधेयकहरू प्रमाणिकरण पनि भइसकेका छन् ।
‘सरकारले अहिलेसम्म संसद सचिवालयमा एउटा पनि विधेयक दर्ता गराएको छैन’ प्रदेश सभाका सचिव रामसिंह धामीले भने– प्रदेश सरकारले विजनेश दिएमा प्रदेशको पाँचौ अधिवेशन सञ्चालन गर्न कुनै कठिनाई छैन ।
संसद सचिव धामीका अनुसार अहिले प्रदेश सभाका समितिहरूका बैठक जारी रहेका छन् । ‘समितिको बैठक भएको दिन केही कर्मचारी व्यस्त हुन्छन्’ उनले भने– नत्र फुर्सदिला जस्तै देखिएका छन् ।
यसैबीच, प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली का“ग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सुदूरपश्चिम प्रदेश सभाको बैठक यथासिघ्र सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपाली का“ग्रेस संसदीय दलका नेता रणबहादुर रावलको नेतृत्वमा गएको टोलीले बैठक नहु“दा ससद सभामा जनताका समस्या र सरकारका विकास निर्माण कामलाई गति दिन दबाब पनि दिन नसकिएकोप्रति ध्यानाकर्षण गराएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसले आर्थिक वर्षको पा“च महिना भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार विकास निर्माणमा भन्दा पनि उद्घाटन र गोष्ठीमा नै सिमित रहेको आरोप लगाएको छ ।
‘जनताका जनप्रतिनिधी हामीहरूले काम गर्न पाएनौ भने के कुरा लिएर जनता माझ जाने ?’ प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले भने– तुरुन्त संसद सञ्चालन गरेर विकासे गतिविधि बढाऔं । प्रदेश सांसद मल्लले असारे विकासलाई नै दोहोराउनु भन्दा समयमै काम अघि बढाउनु पर्ने बताए ।
सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्यहरू प्रायः पनि संसद अधिवेशन सञ्चालन नभएकाले आआफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । नेकपाका एक प्रदेश सभा सदस्यले भने– विजनेश नभएर प्रदेश सभा बैठक शुरु भएको छैन । त्यसै भएर म अहिले आफनो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट तथा उहा“हरूका गुनासो सुन्नमै व्यस्त छु । उनले प्रदेश सभा सञ्चालन नहु“दा जनता र सरकार दुवैलाई नै समस्या भएको बताए । उनले भने–संघीय सरकारले भदौ ४ गते संसद बैठक शुरु गर्ने जनाएको छ । हाम्रो प्रदेशले पनि अब छिट्टै शुरु गर्छ भन्नेमा विश्वस्त छु ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अहिलेसम्म तीन वटा विधेयकको मस्यौदा तयार भएको जनाएको छ । मन्त्रालयमा अहिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका दुई र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एक विधेयक गरि तीन वटा विधेयकको मस्यौदा तयार भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको नीजि तथा साझेदारी उद्योग सञ्चालन गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एफएम, रेडियो तथा टेलिभिजन सञ्चालन सम्बन्धी बनेको विधेयकको मस्यौदा तयारी अवस्थामा रहेको जनाइएको छ ।
मन्त्रालयका उपसचिव एवं प्रवक्ता तेजप्रकाश जोशीले भने– तीन वटा विधेयकको अन्तिम रुप दिई मन्त्रीपरिषदको बैठकबाट स्वीकृत गराई प्रदेश सभामा दर्ता गरिने छ ।
प्रदेशका मुख्यमन्त्री भट्टले पुसको पहिलो साताभित्रै संसद बैठक सञ्चालन गर्ने गरि प्रदेश सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार