१२ श्रावण २०८१, शनिबार

हात्तिको आक्रमणबाट दुईको मृत्यु, चार घाइते



धनगढी । महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट बुधबार दुई जनाको मृत्यु भएको छ ।


घाँस दाउरा गर्न गएका स्थानीयहरुमाथि जंगली हात्तीले आक्रमण गर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।
महाकाली नगरपालिका दोधारा चाँदनीका ५० वर्षीया हुलिदेवी बोहरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट सोही ठाउँकी ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता बिष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार