७१ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस
धनगढी । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मंगलबार धनगढी सहित देशभरी विभिन्न कार्यक्रम सहित मनाइएको छ ।
‘सबैका लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ धनगढीमा मुल आयोजक समिति तथा राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा विविध कार्यक्रम भएका थिए ।
यस क्रममा मंगलबार बिहान धनगढीको ट्राफिक चौराहदेखि प्रदेश सभाको प्राङगणसम्म प्रभातफेरि भएको थियो । प्रभातफेरीमा मानव अधिकार संरक्षणका क्षेत्रमा काम गरिरहेका संघ÷संस्था, नागरिक अगुवा, कर्मचारी, सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरी समापनका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालय प्रमुख झंकरबहादुर रावल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक खडकराज जोशी, दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी प्रुसाद खनालले गरेका थिए ।
त्यस्तै मंगलबार नै राष्ट्रिय मानव अधिकार आयोगले “प्रदेशमा मानव अधिकारको अवस्था र न्यायमा पहु“च विषयमा सरोकारवालाहरूसंग अन्तक्र्रिया” कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था बारे प्रस्तुति गर्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक रावलले प्रदेशमा हरेक वर्ष मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भइरहेको तथ्यांक प्रस्तुत गरे ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका अनु्सार आर्थिक बर्ष २०७३÷०७४ मा मानव अधिकार उल्लंघनका आठ सय २७ वटा घटना दर्ता भएकोमा आर्थिक बर्ष आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ३४ घटना भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा ९७ वटा बलात्कारका घटना, दुई सय २८ वटा आत्महत्या तथा मानव बेचबिखनका २६ वटा घटना भएको मानव अधिकार आयोगले जनाएको छ । आयोगका सुदूरपश्चिम प्रदेश निर्देशक रावलले प्रदेशमा महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र आर्थिक अधिकार उल्लंघन मुख्य चुनौति रहेको बताए ।
इन्सेकका प्रदेश संयोजक जोशीले मानव अधिकारका क्षेत्रमा धेरै संघसंस्थाहरू काम गरिरहेको भए पनि मानव अधिार संरक्षण र संवद्र्धन अहिले पनि चुनौतिपूर्ण रेको बताए । उनले नीतिगत कुराहरू निकै रोचक भए पनि ब्यवहारमा कुनै पनि निकायबाट प्रभावकारी रुपमा लागु हुन नसकेको बताए ।
अधिकारकर्मी गोमा आचार्य जोशीले गाउ“घरतिरका अधिकांस महिलाहरू घरेलु हिंसामा पर्ने गरेको बताइन । उनले भनिन्– महिलाहरू स्वतन्त्र रुपमा बा“च्न पाएका छैनन् । र हरेक बर्ष यसरी कैंयौं महिलाहरूले मानव भएर पाउनुपर्ने आधारभुत अधिकार पनि पाउन सकेका छैनन् ।
उनले सरकारी र गैरसरकारी सबै संघसंस्थाहरूले समन्वयात्मक रुपमा यसमा लाग्नुपर्ने बताइन ।
त्यस्तै दिवसकै अवसरमा धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरिएको थियो ।
लैंगिक हिंसा विरुद्ध नाटक प्रस्तुत
कैलारी । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा मंगलबार कैलारी गाउपालिकामा जनचेतनामुलक नाटक प्रदर्शन गरिएको छ ।
विभिन्न संघसंस्थाहरुको सहकार्यमा गाउपालिकाले हसुलिया बजारमा जनचेतनामुलक नाटक प्रस्तुत गरेको थियो । नाटकमा महिलाहरुले गाउघरमा व्याप्त जुवातास र मदिराका कारण पुरुषहरुले महिलामाथि गर्ने गरेको हिंसाको बारेमा प्रस्तुति गरेका थिए ।
सो अवसरमा गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीले पुरुषहरु जागरुक नभएसम्म महिलामाथि हिंसा जारी रहने बताए ।
अध्यक्ष चौधरीले विभिन्न बहानामा महिलामाथि हुने हिंसाको विरुद्धमा १६ दिन मात्रै नभएर वर्षको ३६५ दिन नै आन्दोलन गर्नुपर्ने बताए ।
कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले पनि मन्त्व्य व्यक्त गरेकी थिइन् ।
मानवअधिकारबारे प्रशिक्षण
धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित लागु पदार्थ दुव्र्यसनी पुर्नस्थापना तथा उपचार केन्द्रमा रहेका युवाहरूलाई मानवअधिकारबारे प्रशिक्षण दिइएको छ ।
रिकोभरी नेपालको आयोजनामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश संयोजक खडकराज जोशीले प्रशिक्षण दिएका थिए । उनले मानवअधिकार भनेको के हो, नेपालको संविधानमा भएका मानवअधिकारको व्यवस्था लगायतका बारेमा जानकारी दिएका थिए ।
रिकोभरी नेपालका सुदूरपश्चिम प्रदेश संयोजक नवराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तपेन्द्र भुषालले गरेका थिए ।