११ श्रावण २०८१, शुक्रबार

सुदूरपश्चिम महोत्सव,२०७६ शुरु



धनगढी । सुदूरपश्चिम महोत्सव, २०७६ आइतबारदेखि धनगढीमा सुरु भएको छ । महोत्सवको एक समारोहबीच पूर्व उपप्रधानमन्त्री भीम रावलले उद्घाटन गरे ।


“समृद्ध सुदूरपश्चिमका लागि : आर्थिक समृद्धि’ भन्ने नाराका साथ कैलाली उद्योग बाणिज्य संघद्वारा आयोजित महोत्सव उद्घाटन समारोहमा संघले प्रमुख अतिथिमार्फत सरकारसमक्ष सात बु“दे मागपत्र प्रस्तुत गरेको छ ।
१४ वर्षदेखि सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको कैलाली उद्योग बाणिज्य संघले हरेक महोत्सवमा सुदूरपश्चिम प्रदेशका प्रमुख आर्थिक मुद्दाहरू समेटेर सरकारसमक्ष माग प्रस्तुत गर्दै आएको छ ।
यस पटक संघले गौरीफन्टा नाकाको स्तरोन्नती तथा सुदूरपश्चिम प्रदेशलाई मित्रराष्ट्र चीनसंग जोड्ने व्यापारिक नाका खोल्ने माग दोहो¥याएको छ ।
त्यस्तै, संघले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सरकारसंग पुनः माग गरेको छ ।
त्यस्तै, धनगढीमा प्रदर्शनीस्थल निर्माण, गड्डाचौकीमा सुख्खा बन्दरगाह, सुदूरपश्चिम प्रदेशमा औद्यौगिक कोरिडोर स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधार विकास लगायतका माग प्रस्तुत गरेको छ ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि उपज, मह, जडिबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि, बाल उद्यान लगायत तीन सय स्टल राखिएको संघले जनाएको छ ।
आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवबाट एक करोड दुई लाख ४२ हजार रुपैयाँ आम्दानी तथा ६३ लाख ९० हजार रुपैया खर्च हुने अनुमान रहेको बताए । उनका अनुसार महोत्सव अवधिभरी तीन लाख बढि व्यक्तिले महोत्सव अवलोकन गर्ने अनुमान रहेको छ ।
यस पटक पनि महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ४० र अन्यलाई ५० रुपैयाँ प्रवेश शूल्क निर्धारण गरिएको छ ।
त्यस्तै, संघले यस वर्ष पनि महोत्सव अवलोकनको टिकट मुल्यमा एक रुपैयाँ विपद कोषका लागि तथा एक रुपैयाँ लागू औषध दुव्र्यशन नियन्त्रण कोषमा राख्ने अभियानलाई निरन्तरता दिएको छ ।
संघका अध्यक्ष कुँवरका अनुासर टिकट बिक्री रकमको १० प्रतिशत रकम नेपाल रेडक्रस सोसाईटी कैलालीलाई प्रदान गरिने छ ।

लगानीकर्तालाई करछुटको व्यवस्था गर्नुपर्छ – पूर्व उपप्रम रावल

पूर्व उपप्रधानमन्त्री भीम रावलले सु्दूरपश्चिम प्रदेशमा लगानी गर्न इच्छुक लगानीकर्तालाई करछुटको व्यवस्था गरिनुपर्ने बताएका छन् ।
आइतबार धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव, २०७६ को उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका पूर्व उपप्रधानमन्त्री रावलले भने– सुदूरपश्चिम प्रदेशको द्रुत आर्थिक समृद्धिको सपना साकार पार्न लगानीकर्तालाई १० वर्षसम्म करछुटको उद्योग बाणिज्य संघको माग महत्वपूर्ण छ र यसमा सरकारले गम्भीरतापूर्वक मनन् गर्नु आवश्यक छ ।
उनले सरकारले अझैं पनि सुदूरपश्चिम प्रदेशप्रतिको दृष्टिकोणमा परिवर्तन गर्न नसकेको चर्चा गरे । उनले निजी क्षेत्रले उठाएका मागप्रति सरकार गम्भीर हुन आग्रह गरे ।
नेता रावलले खुटिया–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग, गड्डाचौकी–चिसापानी सडकको स्तरोन्नती लगायतका योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
नेता रावलले भारतसंग सिमाना जोडिएका गौरीफन्टा, बेलौरी र खक्रौला नाकालाई स्तरोन्नती गर्नुपर्ने तथा पेट्रोलियम पदार्थलगायत व्यपारिक सामग्रीहरु भैरहवा नाकाबाट सुदूरपश्चिम प्रदेशमा भित्राउनु पर्ने अवस्थाका अन्त्य हुनुपर्ने बताए ।
उद्घाटन समारोह संघका अध्यक्ष पुष्पराज कु“वरको अध्यक्षतामा भएको थियो ।
उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता रणबहादुर रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार