१० श्रावण २०८१, बिहीबार

बजुरेली सेवा समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



कैलाली /बाजुरेली सेवा समाजले शुक्रबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हाम्रो सांस्कृतिक हाम्रो पहिचान, एकजुट भइ अघि बढाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष चेतबहादुर थापा सहित १५ जनाले रक्तदान गरेका थिए ।
धनगढीमा अभाव भइरहेको रगतलाई कम गर्न समाजले रक्तदान कार्यक्रम आयोजना गरेको समाजका कोषाध्यक्ष धुर्व सिहंले जानकारी दिए । समाजले विगतदेखि नै धनगढीमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार