१० श्रावण २०८१, बिहीबार

प्रदेश राजधानीमा बन अतिक्रमण प्रकरण : टहरा हटाउन थालियो



धनगढी । कैलाली डिभिजन वन कार्यालय र ईलाका वन कार्यालय अत्तरियाको संयूक्त टोलीले बुधबार कैलालीको गोदावरीमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु भत्काउन शुरु गरेको छ । बुधबार गोदावरीदेखि फोक्सेडाँडासम्मका टहराहरु भत्काइएको छ ।


डिभिजन वन कार्यालय प्रमुख रामचन्द्र कँडेलको नेतृत्वमा रहेको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनाहरु भत्काएको हो ।
अनुमोदन दैनिकमा ‘जंगल अतिक्रमण गर्दै भौतिक टहरा निर्माण गर्ने क्रम तिव्र’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि बुधबार डिभिजन बन कार्यालय प्रमुखको टोली गोदावरी क्षेत्रमा पुगेको थियो ।
डिभिजन वन प्रमुख क“डेलले अनुमोदनसंग भने– गोदावरीदेखि फोक्सेडा“डासम्म रहेका १२ टहराहरु भत्काइएको छ । उनले सडक छेउमा रहेका भौतिक संरचना हटाइएको र अन्य स्थानका संरचनाहरु पनि विस्तारै हटाइने बताए ।
सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी र आसपासका क्षेत्रमा राजमार्ग छेउमा ५० बढी र जंगलभित्र डेढ सय बढी टहरा निर्माण भएको बताइन्छ ।
टोलीमा इलाका वन कार्यालयका सहायक वन अधिकृत शेरबहादुर भण्डारी, धनगढी उपमहानगरपालिकाका रेन्जर रामअवतार चौधरी समेत रहेका थिए । टोलीले बुधबार दिउसो टहरा भत्काए पनि सा“झ पुनः टहरा निर्माण भइरहेको स्थानीयले बताए ।
सोही क्षेत्रका एक स्थानीयले नाम नखोल्ने सर्तमा भने– बनको टोलीले टहरा भत्काएर गएपछि अहिले सा“झ पुनः टहरा बन्ने क्रम जारी छ ।
डिभिजन वन कार्यालय प्रमुख क“डेलले ‘सो क्षेत्रमा पुनः अनधिकृत रुपमा टहरा निर्माण गरिएको भए आज बिहीबार पुनः टोली खटाइने’ बताए । उनले पुनः टहरा निर्माण गरिएमा कानूनी कारबाही प्रक्रिया अघि बढाइने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोके लगत्तै वनमाफियाहरुले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्न थालेका थिए । राजधानी स्थल तोकिएको तेघरी जंगल नजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेको छ ।
टोलीले सडक छेउमा रहेका भौतिक संरचना भत्काएपनि वन भित्र बनाएका संरचना भने हटाउन नसकेको बताइएको छ ।
डिभिजन वन प्रमुख क“डेलले भने– आज (बुधबार) समय अभाव भयो । सडक छेउछाउमा बनाइएको संरचनामात्र भत्काएका छौं । वनभित्र बनाइएका टहरा एक हप्ताभित्र हटाउछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार