१० श्रावण २०८१, बिहीबार

लागू पदार्थ कारोबार गर्ने तीन पक्राउ



धनगढी । कैलालीको धनगढीमा लागु औषधको कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । कैलाली प्रहरीले बिहिबार राती धनगढीको एक होटलबाट तीन जनालाई लागु औषधको कारोबारमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ जाई बस्ने २८ वर्षिय इन्द्रजित धामी, धनगढी उपमहनगरपालीका वडा नम्बर ८ बस्ने १८ वर्षिय एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई हाल जिल्ला कैलाली धनगढी उपमहनगरपालीका १ बस्ने १९ वर्षिय मोनिका थापा भन्ने मोनिका बुढा रहेका छन् ।
उनीहरुलाई होटलमा लागु औषधको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले तीन ग्राम सात सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरु विरुद्ध लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार