२१ मंसिर २०८२, आईतवार

प्रदेश सभामा डिजिटल प्रविधि जडान



धनगढी । स्थापनादेखि भवन, कर्मचारीको कमीलगायतको समस्याझेल्दै अगाडिबढेको सुदूरपश्चिमप्रदेश सभा डिजिटल प्रविधि उन्मुख भएको छ ।


प्रदेश सभा सचिवालयले प्रदेश सभाभवनमा राखिएको मेनुवल प्रविधि हटाएर यसै साता डिजिटल प्रविधि जडान गरेको हो । माइक, अडियो/भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्लेबोर्ड, कम्प्युटर, मिक्चर लगायतका डिजिटल प्रविधि जडान गरिएको सचिवालयका सचिव रामसिंह धामीले बताए ।
उनका अनुसार २७ वटा माइक, दुई वटा भिडियो क्यामेरा, दुई वटाडिस्प्ले बोर्ड, एउटामिक्सचर, एउटा कम्प्युटर लगायतका डिजिटल प्रविधि जडान भएको छ । प्रदेश सभाको गतिविधि युट्युवमा समेत प्रशारण गर्ने व्यवस्था गरिएको सचिव धामीले बताए ।
सभा भित्रका काम कारवाहीको दृष्यहरु प्रसारण गर्दा पत्रकारहरुले अगाडि पछाडि दुबैतिरको भिडियो क्याप्चर गर्न सक्ने गरी काम भैरहेको उनले बताए । युट्युव प्रशारणले गर्दा संसद्मा नआएरै पनि संसद्भित्रको गतिविधिको रिपोर्टिङ गर्न पत्रकारलाई सहयोग पुग्ने बताए । युट्युबबाट हुने प्रसारणले प्रदेश सभाको खुल्लापन र पारदर्शितामा टेवापुग्ने सचिवालयको विश्वास छ । साथै सदस्यहरुले आफ्ना जनताहरुका आवाजको प्रतिनिधित्व गर्ने उद्देश्यले तथा विषयगत मुद्दाहरुमा व्यक्त गरेका अभिव्यक्तिहरुको संग्रह एवम् प्रसारमा समेत टेवा पुग्ने प्रदेश सभा सदस्य नेपालू चौधरीले बताए ।
सभामुख आसनको पछाडितिरको भित्तामा ठूलो डिजिटल बोर्ड राखिएको छ । संसद्को गतिविधि पछाडिबाट मात्रै कभर गर्न पाएको पत्रकारहरुको सम्बोधन गर्न सञ्चार कक्ष पनि छुट्टै बनाउन लागिएको छ । सञ्चार कक्षमा समेत डिजिटलबोर्ड राखिने सचिव धामीले बताए ।
१० थान कम्प्युटर, एउटा रगिंन प्रिन्टर सहित प्रदेश सभामा लाइब्रेरी समेत स्थापना गरिएको छ । सचिव धामीले करीब चार सय कानुन र संसदीय गतिविधि सम्बन्धी पुस्तक समेत राखेर पुस्तकालय स्थापना गरिएको बताए ।
प्रदेश सभा भवनबाट हटाइएका मेनुअल माइकहरु संसदीय समितिहरुको बैठक कक्षमा राखिएको सचिव धामीले बताए । उनले यसले गर्दा संसद् र संसदीय समितिहरुको हरेक गतिविधि रेकर्ड गरेर दस्तावेज राख्न सचिवालयलाई सहयोग पुग्ने बताए ।
प्रदेश सभा सचिवालयले प्रदेश सरकारको लगानीमा संसदीय समितिहरु रहेको भवनमाथि तला थपेर संसदीय समितिहरुका लागि थप बैठक कक्ष निर्माण गर्ने तयारी समेत गरेको छ । संसदीय समितिहरुलाई विज्ञतथा सरोकारवालाहरुलाई बोलाएर छलफल गर्न गाह्रो भएकाले बैठक कक्षनिर्माणको तयारी गरिएको सचिवधामीले बताए ।
यसैगरी, प्रदेश सभाले भिडियो कन्फरेन्स प्रणाली समेत जडान गरिरहेको सचिवधामीले बताए । सचिवालयमा आवश्यक प्रणाली जडानसहित एउटा भिडियो कन्फरेन्स कक्ष बनाइन लागेको र प्रत्येक जिल्ला समन्वय समितिहरुमा पनि भिडियो कन्फरेन्स प्रणाली जडान गरिने उनले बताए । यस प्रणाली जडान पश्चात सभा सदस्यहरु तथा समितिहरुले स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने छन् ।यसका लागि आवश्यक फर्निचर सहित कक्ष व्यवस्थापन समेत गरिएको उनले बताए। कानुन निर्माणका सन्दर्भ तथा दैवी प्रकोप लगायतका विभिन्न घटनाहरुमा जिल्लाका व्यक्तिहरुसँंग मास कन्फरेन्स गर्न समेत भिडियो कन्फरेन्स प्रणालीले सहयोग पुग्ने प्रदेश सभा सचिवालयको विश्वास छ । इन्टरनेट भएको मोबाइल फोनबाट अन्य व्यक्तिहरु समेत त्यस्तो संवादमा जोडिन सक्ने गरी काम भइरहेको उनले बताए ।
उनले यत्ति प्रविधिले समेत प्रदेश सभा सञ्चालनमा पूर्ण व्यवस्थापन नभएको बताए । उनले यो शुरुवात रहेको बताउँदै विस्तारै प्रदेश सभालाई चाहिने आधारभूत आवश्यकताहरु परिपूर्ति गरिदै जाने लक्ष्य रहेको बताए ।
खुल्ला संसदीय अभ्यास तथा जनता र जनप्रतिनिधिवीचको संवादमा अभिवृद्धि एवम् सभाका काम कारवाहीहरुमा प्रभावकारिता ल्याउने उद्देश्यले प्रदेश सभाले काम गरिरहेको सचिवालय स्रोतले जनायो । कानुन निर्माण प्रक्रियामा प्रभावकारिता तथा संस्थागत क्षमता अभिवृद्धि लक्षित सभाका यि प्रयत्नहरुमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संसद सहयोग परियोजनाले विभिन्नतरिकाले सहयोग पुर्याउँदै आइरहेको परियोजनाका आउटरीच टीम लिडर दिलादत्त पन्तले बताए ।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभालाई व्यवस्थित बनाउन विभिन्न कामहरु भइरहेको बताए । उनले नयाँ जडित प्रविधिले प्रदेश सभाको गतिविधिलाई जनतासम्म पुर्याउन र जनाताकाे कुरा सभामा ल्याउन सहज हुनुका साथै सभाको काम कारवाहीमा समेत प्रभावकारिता थपिने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार