१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सवको तयारी तीब्र



धनगढी । आगामी २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको तयारी तीब्र पारिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा १४ वर्षदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुदै आएको छ ।


संघले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला (सुदूरपश्चिम महोत्सव २०७६) को तयारी तीब्र बनाइएको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज कु“वरले “समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना हुने बताए ।
पत्रकार सम्मेलनमा महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि आदि तथा बाल उद्यानसहित तीन सय बढि स्टल रहने जानकारी दिइयो ।
संघले महोत्सवका एक करोड दुई लाख ४२ हजार रुपैया आम्दानी तथा ६३ लाख ९० हजार रुपैया खर्च हुने अनुमान गरेको छ । संघका अध्यक्ष कु“वरले महोत्सवको टिकट बिक्री रकमको १० प्रतिशत नेपाल रेडक्रस सोसाईटी कैलालीलाई प्रदान गरिने बताए ।
उनले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि एक स्थानीय तह एक पर्यटन गन्तव्यको प्रदर्शनी समेत राखिने बताए । नेपाल भ्रमण वर्ष २०२० लाई समेत सघाउ पु¥याउने गरी महोत्सवमा कार्यक्रमहरू प्रस्तुत गरिने अध्यक्ष कुवरले बताए ।
संघका उपाध्यक्ष पुस्करराज ओझाले यसवर्ष महोत्सवको आन्तरिक सजावट र मञ्च व्यवस्थापन समेत परिवर्तन गरिएको जनाए । उनले स्टेजको कार्यक्रमलाई सोअपका लागि डिजिटल बोर्ड समेत महोत्सवमा राख्ने तयारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार