२८ पुष २०८१, आईतवार

निर्माण व्यवसायी आन्दोलित



धनगढी । सुदूरपश्चिम प्रदेश तथा कैलाली निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ मा भएका बु“दाहरू संशोधन गर्नुपर्ने माग सहित उनीहरू आन्दोलित भएका हुन् ।


बुधबार निर्माण व्यवसायीहरूले नियमावली संशोधनको माग राख्दै कैलाली जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य हरिप्रसाद भट्टले भने– जवसम्म सरकारले माग पुरा गर्दैन तबसम्म हामी चरणबद्ध शान्तिपुर्ण आन्दोलनका कार्यक्रम अघि बढाउ“छौं । उनका अनुसार शान्तिपूर्ण धर्ना पछि हेभी इक्युपमेण्ट थन्काउने, योजनाहरूको काम बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम अघि बढाइने छ ।
उनले सरकारलाई ज्ञापनपत्र, छलफल लगायतबाट समस्या सुनाउ“दा पनि कुनै सुनुवाई नगरेको गुनासो गरे ।
निर्माण व्यवसायीहरूले योजनामा काम गर्दा पनि भुक्तानी नपाउनु, म्याद सकिएका योजनाहरूको म्याद थप नहुनु लगायतका विभिन्न १६ बु“दे माग सरकारसंग राखेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रिय सदस्य विरबहादुर साउ“दले पा“च करोडसम्मको योजनामा साना व्यवसायीले प्रतिष्पर्धा गर्न पाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको ऐनले साना व्यवसायीहरूलाई विस्थापन गर्ने काम गरेको बताए । उनले भने –‘मजदुरहरूलाई अनिवार्य प्यान लिनुपर्ने नियमले पनि निर्माण व्यवसायीहरूलाई समस्या भएको छ । हामीले मजदुर अस्थायी रुपमा प्रयोग गर्छौ । कसैको नागरिकतासमेत हु“दैन कसरी प्यानमा लग्ने ?’
नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश कमिटिका महासचिव लक्ष्मणकुमार स्वा“रले ‘काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने तर, म्याद थप नगरि योजनालाई अल्झाउने काम सरकारले गर्नुभएन् ।’
धर्ना कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार