१० श्रावण २०८१, बिहीबार

नागरिक अधिकारसम्बन्धी कार्यशाला



धनगढी । नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सोमबार धनगढीमा भएको छ ।


कार्यशालाको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरे । कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको थियो ।
सो अवसरमा सभामुख थापाले प्रदेश सरकार नीति निर्माण तथा कानूनको पूर्ण पालना गर्ने गराउनेमा प्रतिवद्ध रहेको बताए ।
इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार, बाल अधिकार उल्लघंन, जातीय छुवाछुत लैङ्गिक हिंसा लगायतको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।
इन्सेकले नागरिक तथा नागरिक अधिकारको अवस्थाबारे सन् २०१८ मा गरेको अनुगमनमा छ सय तीन वटा मानव अधिकार उल्लघंनका घटना भएको उल्लेख छ । तीमध्ये सरकारी पक्षबाट ४४ वटा मानव अधिकार उल्लघंनका घटना भएको उल्लेख छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य, नागरिक अधिकारकर्मी, कानुन वयवसायी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार