१० श्रावण २०८१, बिहीबार

महिला उद्यमी प्रवद्र्धन गरिंदै



धनगढी । कैलाली जिल्लामा सबाह नेपालले महिला उद्यमी प्रवद्र्धन गर्ने कार्यक्रम लागू गरेको छ । साना उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आएका महिलाहरूको व्यवसायलाई थप प्रवद्र्धन गर्नुको साथै क्षमता अभिवृद्धि, आयआर्जनमा वृद्धिमा टेवा पु¥याउन संस्थाले युएन वुमनको आर्थिक सहयोगमा कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।


आईतबार धनगढीमा आयोजना गरिएको परियोजनाको परिचय तथा सुझाव संकलन कार्यक्रममा सबाह नेपाल कैलालीका परियोजना संयोजक दलबहादुर ओलीले धनगढी उपमहानगरपालिका र गोदावरी तथा गौरीगंगा नगरपालिकामा महिला उद्यमीहरूको लागि कार्यक्रम संचालन गरिने जानकारी दिए ।
‘अहिलेसम्म तीन सय ५७ जना महिलाको आवश्यकता पहिचान गरिसकिएको छ र अन्य आवश्यकता पहिचान गरि प्याकेजमा कार्यक्रम बनाइने छ’ परियोजना संयोजक ओलीले भने–परियोजना पहिरन, फुडप्रोसेसिङ, कृषि क्षेत्र र हस्तकलालाई समेटेर लैजाने योजना रहेको छ । जसमा व्यवसायलाई थप प्रवद्र्धन र क्षमता अभिवृद्धि गरिने छ ।
परियोजना अन्र्तगत तीन सय पा“च जना पहिलाका महिला उद्यमीलाई समेटिने, १ सय २५ जनलाई लिडरसीप, तीन सय जनालाई मेरिक तालिम दिइने संयोजक ओलीले बताए । उद्यमी व्यवसायी मानसिंह भाट, इन्दु चौधरी, धना कर्मचार्य, फुलकुमारी चौधरी, सन्तोली चौधरी आफनो उत्पादन गरेको सामाग्रीको बजार गर्न समस्या रहेको जानकारी दिएका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पुष्कल कर्मचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेश महिला समितिका अध्यक्ष रुक्मणी देवकोटाले स्थानीय उत्पादनले प्राथमिकता दिन सके उद्यमशिलतामा बृद्धि गर्न सकिने बताएका थिए ।
गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख अंचला चौधरीले स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइन् ।
सबाह नेपालले कैलालीमा आगामी २०२१ सम्म परियोजना संचालन गर्ने जनाएको ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार