२ असार २०८१, शनिबार

स्थानीय उत्पादनले बजार पाउन समस्या



शेरबहादुर ऐर/धनगढी । आइतबार धनगढीमा आयोजित एउटा प्रदर्शनीमा अल्लोबाट निर्माण भएका कपडा, ब्याग, ढाका टोपी, खादा लगायतका सामान राखिएका थिए । स्थानीय मानसिंह भाटले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका थिए ।

आफ्ना उत्पादनबारे जानकारी दि“दै उनले भने– यस्तै प्रदर्शनी वा औद्योगिक मेला आदिमार्फत मात्रै यी सामान बिक्री हुने गरेका छन् । उनले ठूलो लगानी गरेर स्थानीय कच्चा पदार्थबाट विभिन्न सामग्री उत्पादन गरे पनि सहज बजार पाउन नसकेको बताए ।
उनले ढाकाटोपी, अल्लोका विभिन्न लत्ताकपडा, व्याग, खादा, लेडिज सुट आदि बनाउने तालिम लिएर व्यवसाय शुरु गरेका बताए । उनले भने– १०÷१२ लाख रुपैया लगानी गरेर विभिन्न सामग्री उत्पादन गरे सजिलै बजारमा पुर्याउन सकिन्छ भनेर यो व्यवसाय शुरु गरे । अहिलेसम्म ऋण आदि गरेर ३५ लाख रुपैया बढी लगानी भइसक्यो, तर उत्पादनले बजार पाएको छैन । मानसिंहका अनुसार यी सामग्रीको प्रचारप्रसारको कमीका कारण नै बजार पाउन सकिरहेको छैन ।
मानसिंह मात्रै होइनन् स्थानीय सामान उत्पादन गरिरहेकी धना कर्मचार्यले पनि यस्तै गुनासो गरिन् । उनले भनिन्– प्लाष्टिक रहित वातारवरण निर्माणमा योगदान पुराउन हामीले कपडाका झोला तथा हस्तकला सामान उत्पादन गरेका छौं ।
धनाले उत्पादन गरेको कपडाको झोलाको आकार अनुसारको मूल्य तोकिएको बताइन् । उनले भनिन्– आकार अनुसार एक सयदेखि एक सय ५० रुपैया प्रतिझोला विक्री गरिरहेका छौं । तर, यसबारे सबैलाई जानकारी गराउन नसक्दा लगानी अनुसारको मूल्य पाउन सकेको छैनौ ।
थारु पोशााक उत्पादन गरिरहेकी फूलकुमारी चौधरीले भनिन्– आफनो पहिरन, पोशाक तथा संस्कृति जगेर्ना गर्न उत्पादन गरिएको सामानले बजार नै पाएको छैन ।

सरकारले प्रथामिकता दिनुपर्छ

स्थानीय सामान उत्पादन गरिरहेका मानसिंह, धर्ना तथा र फूलकुमारीले स्थानीय तथा प्रदेश सरकारले स्थानीय उत्पादन प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने बताए ।
मानसिंहले भने– हामीले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेका सामानको पर्याप्ते प्रचार–प्रसार हुन सकेको छैन, बजारमा पनि यसबारे जानकारी छैन् । उनले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न स्थानीय सरकारले प्राथमिकता दिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार