१२ श्रावण २०८१, शनिबार

खलंगा-नालापानी पदयात्रा हुँदै



देहरादून । गोर्खाली सेनाले अंग्रेजसँग साहसिक युद्ध लडेको नालापानीको संरक्षण र प्रचार गर्नका लागि भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादून खलंगा नालापानीद्धारबाट नालापानी किल्लाको वलभद्र स्मारकसम्म पदयात्रा हुने भएको छ ।

खलंगा वीरता पदयात्रा नामको सो पदयात्रा नोभेम्वर २४ तारिख अर्थात मङ्सिर ८ गते विहान ७ बजे हुने भएको छ । पदयात्रामा देहरादूनमा रहेका सयौं नेपाली भाषीहरुसहितको सहभागिता रहने शान्ति फाउन्डेसन सोसाइटीका महासचिव पूर्वा सिंहले बताइन ।

सन् १८१४, ३१ अक्टोम्वरदेखि ३० नोभेम्वरसम्म गोर्खाली र अंग्रेजबीच युद्ध भएको सम्झनामा गत वर्षदेखि पदयात्रा आयोजना गर्न थालिएको महासचिव सिंहले बताइन् । गोर्खालीका तर्फबाट वलभद्र कुँवरले नेतृत्व गरेको सो युद्ध ३० नोभेम्वरमा अन्त्य भएको थियो ।


३० नोभेम्वरमा ७० महिला र केटाकेटी लिएर वलभद्रले नालापानी किल्ला छोडेपछि युद्ध अन्त्य भएको मानिन्छ । शान्ति फाउन्डेसन सोसाइटी र वीर गोर्खा कल्याण समिति देहरादूनले पदयात्रा आयोजना गरेका छन भन्ने अन्य नेपाली भाषीको संस्था खलंगा विकास समितिले पनि नालापानी युद्धको सम्झनामा नोभेम्वर महिनामा देहरादूनमा विभिन्न कार्यक्रम र मेला गर्दै आएका छन ।
मेलामा नाचगान सहित नेपाली परिकार समेत पखाएर विक्री वितरण गर्ने गरिन्छ ।
नेपाली भाषीकै पहलमा नालापानी डाँडासम्म जाने पक्की सडक बनेको छ । भने नालापानी किल्लाको अवशेष स्थलमा युद्ध स्मारक स्तम्भ पनि निर्माण गरिएको छ ।
नालापानी युद्धमा अंग्रेज सेनाका युद्ध कमान्डर जनरल जिलेस्पी मारिएका थिए । युद्धमा जनरल मारिएको नालापानीमा मात्रै हो । विश्वका कुनै पनि युद्धमा सेनाको जनरल मारिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार