१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा सम्भावित उत्पादनको प्रोफाइल तयार



धनगढी । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सुदूरपश्चिम प्रदेशको सम्भावित उत्पादनको प्रोफाइल तयार गरेको छ ।


केन्द्रले सातै प्रदेशमा भएका वस्तुको पहिचान गरेर सम्भावित उत्पादनको प्रोफाइल तयार गरिएको हो । सातै प्रदेशमा भएका सम्भावित उत्पदनको पहिचान गरेर निर्यात प्रवद्र्धन गरी आयातलाई प्रतिस्थापन गर्न सघाउ पुर्‍याउने उदेश्यका साथ केन्द्रले उत्पादनको प्रोफाइल तयार गरेको छ ।
केन्द्रले सातै प्रदेशको प्रोफाइल तयार गरेर उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका साथै सातै प्रदेशमा प्रतिवेदन पेश गरिसकेको छ ।
केन्द्रकी सुचना अधिकारी शान्तिदेवी मल्लले उत्पादन र निर्यातको सम्भावना भएका वस्तुको पहिचान गरिएको बताइन् । प्रदेशस्तरमा वस्तुको उत्पादन सहित बजारको पहिचान गरिएको उनले जानकारी दिइन् ।
सुदूरपश्चिम प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा बाख्रा, माछा, मासु, दुग्धजन्य पदार्थ, अण्डा, मह, वनस्पति उत्पादनहरू, फूल तथा विरुवाहरू, दलहन, मसलाजन्य, खाद्यान्न र तेहलन वस्तुहरूलाई राखिएको छ । भैसीको दूध र यसबाट उत्पादन हुने वस्तुहरू, काठजन्य वस्तुहरू, हस्तकलाका सामग्रीहरू लगायतका वस्तुहरू अन्तरप्रदेश व्यापार सम्भनावना भएका वस्तुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार