११ श्रावण २०८१, शुक्रबार

जंगलमा उपभोक्ता समिति गठन, स्थानीय आक्रोसित



धनराज विक/लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का स्थानीयले जनतालाई झुक्याएर पिकनिक स्थल निर्माण उपभोक्ता समिति गठन गरेको भन्दै विरोध गरेका छन् ।


नगरपालिकाको चरैला जंगलमा रहेको मिलन खोला (ढाडेखोला) मा पिकनिकस्थल छनोट गरिने भन्दै कार्तिक २६ गते केही व्यक्तिलाई पत्राचार गरेर कार्तिक ३० गते जनतालाई झुक्याएर पिकनिकस्थल निर्माण उपभोक्ता समिति गठन गरिएको स्थानीयको आरोप छ । वडा कार्यालयले पिकनिकस्थल निर्माणका लागि चालू आर्थिक वर्षको बजेटमा १० लाख रुपैया विनियोजन गरेको बताइएको छ ।
पिकनिक निर्माणस्थल मिलन खोला पुगेका स्थानीय खेमराज न्यौपानेले वडा नम्बर ६ का वडाध्यक्ष नेत्र मगरले माईन्युटमा आफूलाई उपस्थिती गर्न भने पनि आफूले हस्ताक्षर नगरेको बताए । उनले भने– म त्यहा पुग्दा पिकनिक मनाइरहेका थिए । जनताको करबाट पिकनिक मनाउने कार्य आर्थिक भ्रष्टाचार हो भन्ने ठानेर मैले उपस्थिति जनाइन ।
स्थानीय भेषबहादुर बिष्टले पिकनिकस्थल निर्माण सम्बन्धी उपभोक्ता समिति गठन गर्न भनेर २० जनालाई मात्र पत्राचार गरिएको दाबी गरे । उनले आम जनतालाई झुक्याएर जंगलमा निर्माण उपभोक्ता समिति गठन गरिएको मान्य नहुने बताए ।
वडाध्यक्षको हस्ताक्षर रहेको गत कार्तिक २६ गतेको चलानी नम्बर ९२८ को पत्रमा “आर्थिक वर्ष २०७६÷०७७ स्वीकृत मिलन खोलामा पिकनिक स्पोट निर्माणका लागि स्थान छनौट गर्नुपर्ने भएको ह“ुदा यहा“को गरिमामय उपस्थितिको लागि सादर अनुरोध छ” भन्ने उल्लेख छ । पत्रको अन्त्यमा नोट भनेर “मिलन खोला जानुपर्ने भएको हु“दा बिहानको ठिक ७ बजे हिडिसक्नुपर्ने छ, समयमै सम्पर्क गर्नुहोला” भनेर सिमित व्यक्तिलाई मात्र पत्राचार गरिएको उनले बताए ।
यसबारे वडा सचिव लिलबहादुर खत्रीले उपभोक्ता समिति गठनमा आफ्नो उपस्थिति नरहेको बताए । उनले आफूलाई जानकारी नदिएर पिकनिक स्पोट छनौटको लागि पत्रचार गरिएको र प्रकृया नै पूरा नगरी पिकनिक स्थल निर्माण उपभोक्ता समिति गठन भएको थाहा पाउदा अचम्म लागेको बताए ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ वावनपुरका नरबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय निर्माण उपभोक्ता समिति गठन भएको छ ।
यसबारे वडा नंम्बर ६ का अध्यक्ष नेत्र मगरले उपभोक्ता समिति गठनका लागि प्रतिनिधीमुलक रुपमा व्यक्ति बोलाइएको बताए । उनले भने– उपभोक्ता समिति गठन गर्न हामी पा“च जना गए पनि पुग्थ्यो, तर सबैलाई समेट्नु पर्छ भनेर केही व्यक्तिलाई बोलाएका हौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार