३१ बैशाख २०८१, सोमबार

नेपाल अाईडयल रवि वड सुदूरपश्चिम पर्यटनदुतमा नियुक्त



कन्चनपुर । सुदूरपश्चिम प्रदेश सरकार, उधाेग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल अाईडयल सिजन २ का बिजेता रवी वडलाई सुदूरपश्चिमकाे पर्यटनदुतमा नियुक्त गरेकाे छ ।

कन्चनपुरकाे महेन्द्रनगरमा अायाेजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रबी ओडलार्इ प्रदेशको पर्यटन दुतका रूपमा नियुक्त गरेकाे घाेषणा गर्दै प्रमाणपत्र दिएकी हुन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्वेश्यले अाईडियल वडलाई सुदुरपश्चिम प्रदेशकाे पर्यटनदुतमा नियुक्त गरेको वताइन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले वडलाई पर्यटनदूतको रुपमा नियुक्त गरेकाे हाे । अाफ्नाे कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिम को पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचार प्रसार मा सहयाेग पुग्ने उद्वेश्यले उनलाई पर्यटन दुतमा नियुक्त गरिएकाे मन्त्री भट्टले बताइन् ।

यसका अलावा पर्यटन भम्रण वर्ष २०२० सफल पार्न प्रदेश स्तरमा विभिन्न कार्यक्रम अघि सारिएकाछन । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघिनै प्रदेशस्तरीय समिति बनाएर कार्य अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार